राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरुको हातबाट शुभसाइतमा भाइटीका ग्रहण गरेका छन्।
राष्ट्रपति पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको साइतमा विधिपूर्वक तिहारको टीका लगाएका हुन्। बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन्।
बहिनीहरुले राष्ट्रपतिलाई टीकासँगै ओखर,बदामसहितका उपहार प्रदान गरेका छन्। राष्ट्रपतिले पनि बहिनीहरूलाई टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
तस्वीरमा हेरौं
प्रकाशित: १८ कार्तिक २०८१ १५:३६ आइतबार