२८ आश्विन २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

पर्वतारोहण क्षेत्रमा कीर्तिमानी बनाएका टोलीकाे भव्य स्वागत (तस्बिरसहित)

पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालाई भव्य स्वागत गरिएको छ।

१८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका उनलाई सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो।

तिब्बतको हिमाल आरोहण पछि काठमाडौँ फर्किएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

उनले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए।  

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुमलाई पनि भव्य स्वागत गरिएको थियो।

तस्बिरमा हेरौँ केही झलकहरुः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App