३१ भाद्र २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

कंक्रिटको पहाड बनेको काठमाडौं (तस्बिरहरू)

सहरलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् ।

हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा सहर विकास भएको देखिन्छ । अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौं मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पुरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ ।

 पुरानो काठमाडौंको सौन्दर्य अहिले मासिएको छ । जथाभाबी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्य ता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरूबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं सहरलाई कंक्रिटको सहर भनिएको होइन । पुरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कंक्रिटको पहाड बनेको छ । तस्बिर  न्युज एजेन्सी नेपाल

 

प्रकाशित: २२ भाद्र २०८१ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App