२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा क्षेत्रमा भरिया बन्न १८ वर्ष पूरा भइ ५५ वर्ष उमेरभित्रको हुनुपर्ने

मागियो तीनपुस्ते विवरण

पाथीभरा क्षेत्रमा तीर्थयात्री सहजकर्ता (भरिया) अब १८ वर्ष पूरा भइ ५५ वर्ष उमेर समूहका मात्र हुने भएका छन्।

पाथीभरा क्षेत्र विकास समितिले १८ वर्ष पूरा भइ ५५ वर्ष ननाघेका इच्छुक तीर्थयात्री सहजकर्ताहरूलाई तीन पुस्ते विवरणसहित आफ्नो सक्कल नागरिकता र पासपोर्ट साइजको फोटोसहित आवेदन फाराम भर्न आह्वान गरेको छ। 

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार इच्छुक योग्यता उमेर समूहका व्यक्तिहरूले वैशाख २४ गते बिहीबारभित्र आवश्यक कागजातसहित क्षेत्र विकास समितिको फेदीस्थित कार्यालयमा आवेदन गरिसक्नुपर्ने छ। क्षेत्र विकास समितिले यसअघि तीर्थयात्री सहजकर्ताहरूले काफ्लेपाटी–फेदीस्थित होटल व्यवसायी संघमार्फत परिचयपत्र लिइ जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

अब भने क्षेत्र विकास समितिले उमेर समूह खुलाइ तीर्थयात्री सहजकर्ताको तीनपुस्ते विवरण समेत अद्यावधिक गर्न लागेको जनाएको छ।

प्रकाशित: २० वैशाख २०८३ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App