२३ भाद्र २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

साउनको पहिलो सोमवार देवघाटमा स्नान गर्नेको भीड (फोटोफिचर)

पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ। साउनको पहिलो सोमवार बिहानैदेखि भक्तजनको भीड लागेको हो।

कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्ष साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ।

देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका मेलाको व्यवस्थापनका लागि उपसमिति नै बनाएको छ। नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको छ।

चितवन, नवलपरासी र तनहुँको संगम स्थल रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ।

देवघाट धाम परापूर्वकालदेखि पवित्र तीर्थस्थलका रुपमा परिचित छ। धर्मशास्त्रमा सो भूमिमा परापूर्वकालमा देवता बसोबास गरेकाले यस पवित्र भूमिको नाम देवघाट रहन गएको हो भनी उल्लेख गरिएको छ।

हिन्दू धर्मशास्त्रमा उल्लेख गरिए अनुसार चारधाम क्षेत्र स्नान गरेर यस तीर्थमा स्नान गरिएको छैन भने मानव जीवन व्यर्थ हुनाका साथै अन्यत्र तीर्थ नगई यस तीर्थमा मात्र स्नान गरे मात्र पनि चारधाम तीर्थ गए बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

साउन भगवान् शिवको प्रिय महिना भएकाले पूर्णरुपमा व्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने विश्वास राखेर पूर्ण निष्ठा र आदरका साथ शिवको पूजाआरधना गरिन्छ।

विवाहिता तथा अविवाहिताले हातमा हरियो पहेँलो चुरा, मेहन्दी र गेरुवा वस्त्र धारण गरेर शिव महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगी बेलपत्र, जल, दूध, भाङ, धतुरो लगायत सामग्री चढाएर भगवान् शिवको पूजा गर्छन्। मेलामा भक्तजनहरु टिकटक बनाउनेदेखि फोटो खिच्न समेत व्यस्त हुने गरेका छन्। 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App