![कर्मचारी कै मिलेमतोमा बिना क्वारेनटाइन कृष्ण नगर भन्सारमा फलफूल भित्राइँदै](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1722007680_Krishna Nagar Customs-600x400.jpg)
अर्थ
आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा र्याली निकालिएको छ। त्रिदेवी मार्गस्थित सञ्चयकोषको भवनबाट निकालिएको र्याली केशरमहल, दरवारमार्ग, घन्टाघर हुँदै कमलादीस्थित नेपाल एकेडेमी पुगेर सम्पन्न भएको छ।
सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने सरकारले गरेको निर्णय अनुसार आज सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस मनाइँदैछ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।
तस्बिरमा हेरौँ सगरमाथा दिवसको अवसरमा निकालिएको र्याली: