७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

बागमतीमा सरकारी कामकाज भाषा ऐन, २०८० शुभारम्भ (तस्बिरसहित)

बागमती प्रदेशले सरकारी कामकाज भाषा ऐन, २०८० को शुभारम्भ गरेको छ।  

प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिएको र भाषा दिवस २०८१ को एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन्।

काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेल, संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति थियो।

समारोहको शुभारम्भ गर्नुअघि विभिन्न बाजागाजासहित र्‍याली निकालिएको थियो।  

प्रदेश सरकारले भाषा दिवस मनाउने भएपछि आज सार्वजनिक विदा दिइएको छ।  

तस्बिरमा हेरौँ भाषा दिवसका केही झलकहरु:

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App