बिहानैदेखिको वाक्लो हुस्सु र ओसका कारण जनकपुरको जनजीवन प्रभावित बनेको छ। रातभर चिसो हावा चलेको र बिहानैदेखि ओस परिरहेका कारण जनकपुरमा कपकपाउँदो जाडो महसुस गरिएको छ।
पछिल्लो केही दिनदेखि जनकपुरमा राम्रोसँग घाम पनि लागेको छैन भने अत्यधिक जाडो बढेका कारण आजदेखि जनकपुरधाम उपमहानगरका विद्यालय एक साताका लागि बन्द गरिएका छन्।
जाडो अत्यधिक बढेका कारण जनकपुर बजारमा सर्वसाधारणको चहलपहल कम छ भने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन्।
अहिले बिहन ९ः४५ बजे जनकपुरधामको तापक्रम ११ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
![](https://images.nagariknewscdn.com/third-party/1705205364_janakpur.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705205392_415451941_1601373690631837_935577903419791380_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705205464_414133402_943092460729274_29830187238447776_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704173847_Hussule%20Dhakiyeko%20Rajamarga-17.jpg)
![](https://images.nagariknewscdn.com/photos/1704172095_26055741_1734332299918802_3540417479708965203_n.jpg)
प्रकाशित: २९ पुस २०८० ०४:१६ आइतबार