२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् मलेसियाविरूद्ध नेपालको सानदार जित

तस्बिर: राजिव खत्री/नागरिक।

नेपालले मंगलबार मलेसियामाथि जित निकाल्दै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ।

नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी छँदा नै सेमिफाइनलमा स्थान बनाएको हो। यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो।

यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६६ रनको लक्ष्य नेपालले १८ औं ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धसतकीय इनिङ खेले। कुशलले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे। नेपाल जितनजिक पुग्दा उनी १७ औं ओभरमा मोहम्मद अमिरद्वारा आउट हुन पुगे। त्यसअघि आक्रामक सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्‍यो। यो साझेदारीमा ओपनर कुशल भुर्तेलको नै ४३ रनको योगदान दिए।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित: १४ कार्तिक २०८० १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App