१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्री दाहालले सीतालाई दिए श्रद्धाञ्जली (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ।  

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, आफन्त र कार्यकर्ता पुगेका छन्।  

यसैबीच प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नी पत्नी सीता दाहाललाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।  

पार्टी कार्यलयमा १ बजेसम्म स्वर्गीय दाहालको पार्थिव शरीर राखिने छ। उनको आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिँदै छ।  

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित थिइन्।

खुशी 6.3%
दुखी 81.3%
अचम्मित 6.3%
हास्यास्पद 6.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App