४ पुस २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा मनाइयो ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर)

विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ। २० औं शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन्।

यसै गरी काठमाडौंमा आज जुन महिनाको दोस्रो शनिवार गौरव यात्राको आयोजना गरिएको छ। सबै समूहका युवा युवतिहरु शान्ति बाटिकामा जम्मा भई यात्रा नारायण चौरमा गएर कार्यक्रममा परिणत भएको थियो।

गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनी लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारा सहित सुरु भएको पाइन्छ।

सोही गौरव महिनाको अवसरमा हुने भेला तथा र्‍याली कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिन्छ।

प्रकाशित: २७ जेष्ठ २०८० ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App