८ वैशाख २०८१ शनिबार
फोटो फिचर

कलाकार फुँयालप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं – विभिन्न सांस्कृतिक गतिविधिले भिडभाड रहने राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार भने शोकाकुल माहोल थियो। प्रज्ञा प्रतिष्ठानमा कलाकार विष्णुभक्त फुँयालप्रति अन्तिम श्रद्धाञ्जली दिन देशका नेता देखि कलाकार पुगेका थिए।
नेपाली रंगमञ्चमा सक्रिय कलाकार विष्णुभक्त फुँयालको मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा  नाटक खेल्दाखेल्दै निधन भएको थियो। ७९ वर्षका उनी राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञवल्क्य’ नाटक खेल्दै थिए। राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञवल्क्य’ नाटकमा संवाद बोल्दाबोल्दै बेहोस भएका उनीको वीर अस्पतालमा निधन भएको थियो।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सहरी विकासमन्त्री अर्जननरसिंह केसी, मिनेन्द्र रिजाल लगायत शीर्ष नेताहरु प्रज्ञा प्रतिष्ठान पुगेका थिए। अभिनेत्री केकी अधिकारी, दीपाश्री निरौला, दीपकराज गिरी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, सृजना सुब्बा, सरिता गिरी, सरोज खनाल, साहित्यकार वैरागी काँइला लगायत प्रज्ञा फुँयाल प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रतिष्ठान पुगेका थिए। कलाकार फुँयालका तीन छोरा छन्। कलाकार फुँयालको बुधबार पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।

भिडियो/ तस्बिरहरु: प्रबिन कोइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App