coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

लेकसाइडमा विदेशी पाहुनाको उल्लासमय होली (फोटोफिचर)

पोखरा लेकसाइडमा सोमबार होलीमा रम्दै विदेशी र स्वदेशी। तस्बिरः उमेश पुन/नागरिक

पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।  

कोरोना भाइरस संक्रमण सुरु भएपछि पोखरामा विदेशी पाहुना कम छन्। विदेशी र स्वदेशी पाहुना सहित स्थानीय र व्यवसायी सहितको जमघटले लेकसाइडको होली उल्लासमय बनेको थियो। विभिन्न व्यवसायिक संस्थाले होलीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए।  

होली मनाउन लेकसाइडमा भेला भएका सर्वसाधारण र पाहुनाले एकअर्कालाई रंग लगाएर रमाएका थिए। पञ्चेबाजा बजाउँदै लेकसाइडमा होली कार्यक्रम आयोजना गरिँदा भीडभाड बढेको थियो।

सोमबार पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ।

प्रकाशित: २२ फाल्गुन २०७९ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App