१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

रुप फेरिरहने रारा

मुगु-कर्णाली अंचलकाे मुगु जिल्लामा पर्ने रारा ताल नेपालकाे सबैभन्दा ठूलाे ताल हाे। समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित रारा तालकाे सुन्दरता जति हेरे पनि धित नमर्ने खालकाे छ।

प्रकृतिकाे अनुपम उपहार याे ताललाई स्वर्गकी अप्सरासँग दाँज्ने गरिन्छ।

राराकाे अर्काे विशेषता हाे क्षणक्षणमा फेरिइरहने रुप। सूर्यकाे प्रकाशकाे चमकमा रारा अाफ्नाे रंग फेरिरहन्छ। त्यसैले पर्खेर रारालाई हेर्दा बदलिरहने उस्काे रुपले समय घर्केकाे पत्ताे हुँदैन।

रुप मात्र हैन राराले गति पनि फेर्दाे रहेछ। बिहान शान्त भएर अटल बस्ने रारा दिन ढल्दै जाँदा विस्तारै सक्रिय हुन्छ। मध्यान्नसम्ममा राराकाे हर अंग चलायमान भैदिन्छ। पानीकाे छाल यति तेज हुन्छ कि खहरेकाे भेल जस्तै राराका छालहरु सुसाउँदै किनारामा मस्ति मारिरहेका देखिन्छन्।

राराका हर रुप, हर चाल पछ्याउँदै तयार पारिएकाे नागरिक शाे हेर्नुहाेस्।

 

हेराैं तस्बिरमा रारा तालकाे सुन्दरता: (सबै तस्बिर-टेकनारायण भट्टराई)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App