१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

रवि लामिछानेको समर्थनमा प्रदर्शन (फोटोफिचर)

शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्रीको समर्थनमा माइतीघर देखि बानेश्वसम्म प्रर्दशन गरेका छन्।

शनिबार लामिछानेको समर्थनमा पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरदेखी बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका छन्।  

सर्वोच्चको शुक्रबारको फैसला अनुसार अमेरिकी नागरिकता त्यागेका तर नेपाली नागरिकता लिइनसकेका उनले तीन वटै पद गुमाएका हुन्। अदालतले लामिछानेसँग नेपाली नागरिकता नभएको फैसला सुनाएपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, सांसद र मन्त्री पद गुमाएका हुन्। गत मंसिर ४ गतेको निर्वाचनम उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

खुशी 55%
दुखी 20%
अचम्मित 10%
हास्यास्पद 10%
क्रोधित 5%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App