१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

रविका समर्थकहरु विजय जुलुसमा (तस्बिरहरु)

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएपछि अहिले विजय जुलुस निकाल्नका लागि समर्थकहरु मतगणना स्थल  चितवन उद्योग संघको कार्यालय बाहिर आइपुगेका छन्।  

रवि  ३४ हजार १६२ मतको भारी अन्तरले विजयी भएका थिए। लामिछानेले ४९ हजार २६२ हजारभन्दा बढी मत पाएका छन्।  

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए भने  एमालेका कृष्ण भक्त पोख्रेल १४ हजार ६४९ मत प्राप्त गरेका थिए।  

रवि विगत लामो समय अमेरिका बसेर आएका सञ्चारकर्मी हुन्। नेपालमा युवाअवस्थाबाटै सञ्चारकर्म गरेका उनी अमेरिका लामो समय बसेपछि उतैको नागरिकता लिएका थिए। तर उनी बीचैमा नेपाल फर्केर ‘सिधा कुरा’ कार्यक्रममार्फत फेरि चर्चामा आएका थिए।

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App