चिनियाँ पक्षबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको छैन: परराष्ट्र मन्त्रालय
काठमाडौं- परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षबाट हुने भनिएको उच्चस्तरीय भ्रमण स्थगित नभएको बताएको छ।
काठमाडौं- परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षबाट हुने भनिएको उच्चस्तरीय भ्रमण स्थगित नभएको बताएको छ।
दसैंका लागि यस वर्ष काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्न करिब ६० हजार खसीबोका–च्याङ्ग्रा ल्याइने भएको छ। नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ तथा अन्य फुटकर निजी व्यवसायीले खसीबोका–च्याङ्ग्रा ल्याउन थालेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले लाभग्राहीको सूचीमा छुटेकाको नाम छिट्टै संकलन गर्ने बताइ रहँदा जिल्ला–जिल्लामा भने भूकम्प पीडितका गुनासा बढेको बढ्यै छन्। छुटको पुनः लगत संकलन गरी लाभग्राहीमा समेट्न ठूलो संख्यामा गुनासो फारम संकलन हुने क्रम जारी छ ।
नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन्। विगतमा आफूहरुले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गर्ने प्रस्ताव गर्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं भनेपछि आफूहरुले सोही अनुसार सहमति गरेको उनले जनाए।
नव बेचविखन बिरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमुनाहा नाकास्थित नेपाल–भारत दसगजा क्षेत्रमा मानव साङलो निकालिएको छ। मानव साङलोमा नेपाल र भारतका प्रशासक, सुरक्षा अधिकारी, सामाजिक संस्थाका प्रतिनिधि, बिद्यार्थी, शिक्षक लगायतको उल्लेख्य सहभागिता थियो।
डिलासैनी–८ बैतडीका गणेश सिंह बोहरा भाइको अबस्था बुझ्न गत साउन २५ गते दिपायल पुगे। उनका भाइ सैनिक हबल्दार देबसिंह बोहरा सुदूरपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत छन्। नियमित घरमा सम्पर्क गरिराख्ने उनका भाइ ४÷५ दिनयता सम्पर्कमा थिएनन्। त्यतिञ्जेल परिवारका सदस्यले त्यसलाई सामान्य रुपमा लिइरहेका थिए।
भारतीय प्रहरीले एक होटलमा छापा मार्दै बेचिन लागेका २२ नेपाली युवतीको उद्दार गरेको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थनल नजिकै रहेको एक होटलमा छापा मार्दै उनीहरुलाई उद्दार गर्न गरेको प्रहरीले जनाएको छ। प्रहरीले नेपाली दूतावासको आग्रहमा उक्त होटलमा छापा मारेको जनाएको छ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको माइन्यूटको पन्ना च्यातिदिएका दएका छन्।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन्। उनले भने- “संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।”
मुद्दाको चरण पार गरेर आफ्ना विषयलाई सहीरूपमा उठान र स्थापित गरिसकेपछि भने महिला लेखनले नयाँ आयाम पक्रन सक्नेछ। महिला लेखनमा मात्र हैन, समग्र नेपाली साहित्य नै सामाजिक यथार्थको दबदबाबाट उठ्न नसकेको अवस्थामा फ्यान्टासी लेखनका साथै साइन्स फिक्सन निकै टाढा लाग्छन्। यथार्थको ज्वरोले विस्तारै छाड्ने क्रममा महिला लेखन विषय र शैली दुवैका हकमा अलि बढी एक्सपेरिमेन्टल हुन सक्ला भन्ने आशा गर्न सकिन्छ।
तपाईंले असफल भएर जुन बुद्धिमत्ता र सशक्तता पाउनु हुन्छ, त्यसले तपाईंलाई सधैँ सुरक्षा र बाँच्ने क्षमता दिलाउँछ। अप्ठेराले तपाईंका सम्बन्ध र तपाईंलाई नै नजाँचुञ्जेल कहिल्यै आफूलाई चिन्न सक्नु हुन्न। पीडा भोगेर जितिएको यस्तो ज्ञान नै जीवनको वास्तविक उपहार हो। त्यस्ता ज्ञान मैले हासिल गरेका कैयौँ शैक्षिक योग्यताभन्दा मूल्यवान् छन्।
पढ्दापढ्दै अलका सरावगीसँग जोडिएको मेरो सानो अतीतले मलाई आन्दोलित बनाउन थालेको छ। कलकत्ताका सडक र गल्लीमा उभिएर जानकीदास तेजपाल मैनशनको विशाल चौरस्तामा दृष्टि फिँजाउनु एक प्रतीकात्मक लेखनको फैलावट हो। अलकाको लेखन क्षमताको विरासत छ यसमा।
जुन धारमा गजल लेखिए पनि गजल साहित्यिक र कलात्मक गुणले युक्त छ, गजले मिजाजले युक्त छ, शेरहरूमा एकाध मात्रा कम–बेसी भए पनि वाचन गर्दा लयात्मक सुनिन्छ र प्रस्तुत गरिएको गजलको शिल्प सौन्दर्यले यदि पाठक र स्रोताको मन जित्न सकिन्छ भने गजल जसरी लेखे पनि हुने त हैन? हजारौँ गजल लेखक र अध्येताका लागि अहिले यो यक्षप्रश्न बनेर खडा भएको छ।
वैदेशिक रोजगारी भनेको न दुःखको खाडल हो न त सुखको हिमाल नै! यसका राम्रा/नराम्रा दुवै पक्ष छन्। दुवै पक्ष केलाउन सकेमात्र यस्ता पुस्तकले सिंगो वैदेशिक रोजगारीमाथि न्याय गर्न सक्छ। त्यसबाट देश, समाजले केही ज्ञान लिन सक्छ, त्यो उपयोगी पुस्तक बन्न सक्छ। अन्यथा लेखक बन्ने रहरमात्र मेटिन्छ।
नेपाली साहित्यमा लघुकथामा रूचि राख्नेले यस कृतिको अध्ययनपछि विधातात्विक पक्षमा प्रशस्त लाभ प्राप्त गर्न सक्छ भने लघुकथा लेखिरहने स्रष्टालाई पनि यसको अध्ययनले गुणात्मक लेखनका लागि सचेत गराउँछ नै। सिर्जनालाई अगाडि राखेर बनेको सिद्धान्त भएकाले पनि कृतिलाई बुझ्न सजिलो भएको छ। पुस्तकमा रहेका केही वर्णविन्यासगत त्रुटिहरू अर्को संस्करणमा पक्कै सच्चिने छन्।
एक दशक लामो द्वन्द्वमाथि अधिकारीका कथाले न्याय गर्न सक्दैनन्। त्यसबखत राज्यपक्षबाट जनतामाथि भएका अन्याय र अत्याचार भुलेका छन् कथाकारले। माओवादीबाट भएका सामान्य गल्ती उधिन्न जान्ने कथाकारले राज्य पक्षबाट भएका भीषण अन्याय कतै उल्लेख नगर्नु सुहाउने कुरा होइन। यसकारण पनि अधिकारीका कथा एकांगी लाग्छन्।
विश्व समाजमा नारी दिवस मनाउन थालेको ४० दशक मात्र पुगेको छ तर नेपाली नारीले नितान्त आफ्नो दिनका रुपमा मनाउने तीज प्राचिनकालदेखि नै मानिँदै हो। यसले नेपाली समाज लामो समय परम्परागत धारमा अघि बढे पनि नारी स्वतन्त्रताको जग भने पश्चिमा समाजभन्दा अगाडि नै बसेको प्रस्ट हुन्छ।
फोटो खिच्ने र खिचाउने रहर धेरैमा हुन्छ। कुन कोण, स्थान, प्रकाश र भंगिमाले दृश्यलाई चित्ताकर्षक देखाइदिन्छ? यो भेउ भने थोरै फोटोग्राफरले पाउँछन्। डम्बरबहादुर ऊर्फ डिबी थापामा यही प्राविधिक पक्षको उचो ज्ञान मात्र थिएन, ‘एङ्गल’, ‘लोकेसन’ र ‘पोजिसन’ मिलाएर वास्तविकभन्दा सुन्दर र सौम्य तस्बिर झिक्ने शिल्प पनि उत्तिकै थियो।
गैह्रीधारामा रहेको सान इन्टरनेशनल कलेजमा तोडफोड गरेको आरोपमा पूर्वाञ्चल विश्व विद्यालयका अनेरास्ववियु अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पढाईमा तेजिलो भएपछि पिण्डेश्वर महाविद्यालयले छात्रहरुलाई प्रदान गरिने छात्रवृत्ति (हन्डी) प्रदान गर्छ। अनि, पढाईलाई निरन्तर अघि बढाउँछन्। ब्राम्हण समुदायमा जन्मेको व्यक्तिले आफ्नो जन्मिएकै जिल्ला धनकुटामा हराउँदै गएको आठपहरिया राई भाषामा विद्यावारिधी गर्छन्।
जनआन्दोलन ०६२/६३ मा हटाइएको पूर्व राजा वीरेन्द्रको शालिक अचानक राष्ट्रवादी युवा शक्तिले बिहीबार नेपालगंजको धम्बोजी चोकमा स्थापना गरेपछि तनाव भएको छ। राष्ट्रवादी युवा शक्ति नामक संस्थाले बिहीबार एक दशकपछि पूर्व राजाको शालिक अनावरण गरेपछि धम्बोजी चोकमा तनाव भएको छ।
सरकारले भूकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) लाई कम प्राथमिकता दिने भने पनि अहिलेसम्म १ सय ४० संस्था संलग्न भइसकेका छन्। विकास साझेदार निकाय तथा दातृ राष्ट्रको दबाबमा पुनर्निर्माणमा यस्ता संस्था हाबी हुँदै गएका हुन्।
श्रीमान आफ्नै कार्यरत संस्थाभित्र थुनिएको २८ दिनपछि भेट्न पाउँदा दिपायल सिलगढी नगरपालिका–७ कुमालीकोटकी उत्तमा कठायतका आँखा भरिए। उनका श्रीमान सैनिक हबल्दार गणेशबहादुर कठायत हतियार गायव प्रकरणपछि सेनाले नै ‘निगरानी’ भनेर थुनेर राखेको छ।
रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन्। बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्याएको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।