१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अन्य

विश्वकै सबैभन्दा ठूलो यार्सागुम्बा फेला, तौल १.३६ ग्राम

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत नाग्कु सहरको सुओ काउन्टीमा विश्वकै सबैभन्दा ठूलो कोर्डिसेप्स सिनेन्सिस अर्थात् यार्सागुम्बा फेला परेको छ।

२५ जुलाई २०२६ मा गिनिज वर्ल्ड रेकर्डमा प्रमाणित गरिएको उक्त यार्सागुम्बाको तौल १.३६ ग्राम (०.०४७ औंस) रहेको छ, जुन यस प्रजातिको हालसम्मकै सबैभन्दा ठूलो मानिएको छ।

सामान्यतया ‘क्याटरपिलर फंगस’ भनेर चिनिने यार्सागुम्बाको तौल करिब ०.५ ग्राम हुने गर्छ। तर यो नमुना भने मार्कर पेनजत्तिकै ठूलो आकारको रहेको छ।

विशेषज्ञहरूका अनुसार नाग्कु क्षेत्रमा करिब ४,५०० मिटर उचाइमा पाइने कठोर मौसम, उच्च हिमाली वातावरण र तापक्रममा हुने तीव्र उतार–चढावका कारण त्यहाँका यार्सागुम्बा अन्य क्षेत्रको तुलनामा अपेक्षाकृत ठूला हुने गर्छन्। 

प्रकाशित: १७ श्रावण २०८३ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App