२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्य

विश्व इतिहासमा आज: अङ्ग्रेजी विचारक विलियम ब्लेकको जन्म

आज नोभेम्बर २८  आज विश्व इतिहासमा विभिन्न घटनाक्रमहरु भएका छन्। जहाँ  ऐतिहासिक जन्मजयन्ती र दुःखद स्मरणहरू रहेका छन्।  

आजकै दिन  अर्थात नोभेम्बर २८, सन् १७५७ मा महान् अङ्ग्रेजी कवि, चित्रकार र रहस्यवादी विचारक विलियम ब्लेकको जन्म लन्डनमा भएको थियो। रोमान्टिक साहित्यिक युगका एक प्रभावशाली र मौलिक व्यक्तित्व ब्लेकले कविता र चित्रकलालाई अद्वितीय तरिकाले संयोजन गरेका थिए। उनका प्रमुख कृतिहरूमा सङ्स अफ इनोसेन्स एन्ड अफ एक्सपेरिएन्सु र द म्यारिज अफ हेभन एन्ड हेलु रहेका छन्। उनको कला र साहित्यले तत्कालीन धार्मिक तथा राजनीतिक विचारधारालाई चुनौती दिएको थियो ।  

त्यसैगरी  आजको दिन सन् १९९१ मा दक्षिण ओसेटियाले जर्जियाबाट आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको थियो। उक्त  घोषणा तत्कालीन सोभियत सङ्घको विघटनको विषम परिस्थितिमा भएको थियो। जर्जियाले भने यस कदमलाई अस्वीकार गर्दै आएको छ। उक्त  घटना कोकेशस क्षेत्रमा जातीय र भूराजनीतिक द्वन्द्वको एक महत्वपूर्ण कडी बन्न पुगेको थियो।

सन् २०१६ नोभेम्बर २८ मा कोलम्बियाको मेडेलिन नजिकै भएको एक विमान दुर्घटनामा ब्राजिलियन फुटबल क्लब चेपेकोइन्सका खेलाडीहरू, प्रशिक्षक दल, पत्रकारहरू र विमानका कर्मचारीसहित ७१ जनाको निधन भएको थियो।

कोपा सुदामेरिकानाको फाइनल खेल्न जाँदै गरेको क्लबका खेलाडीहरूको निधनले विश्वभरका खेलप्रेमीहरूलाई स्तब्ध बनाएको थियो । यो दिनलाई फुटबल जगतमा शोकको रूपमा स्मरण गरिदै आएको छ। एजेन्सी

प्रकाशित: १२ मंसिर २०८२ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App