२ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

आज विश्व इतिहासमा आज

डिसेम्बर १७ विश्व इतिहासमा आजका  दिनहरूमा कूटनीतिक सफलता, उड्डयनको चमत्कार, विवादास्पद अनुसन्धानको अन्त्य र क्रान्तिलाई प्रेरित गर्ने घटनाहरू भएका छन्।        

फ्रान्सद्वारा अमेरिकालाई स्वतन्त्र राष्ट्रको मान्यता 

डिसेम्बर १७, १७७७ मा फ्रान्सका विदेशमन्त्री चाल्र्स ग्रेभियर कोम्टे डे भर्जेनेस र राजा लुइस   सोह्रौं ले संयुक्त राज्य अमेरिकालाई एक स्वतन्त्र देशको रूपमा मान्यता निर्णय गरेका थिए । उक्त निर्णयसँगै फ्रान्स अमेरिकालाई मान्यता दिने पहिलो राष्ट्रहरू मध्ये एक बनेको थियो ।  त्यस कूटनीतिक कदमले अमेरिकी क्रान्तिलाई नयाँ मोड दिएको थियो ।    

प्रोजेक्ट ब्लू बुकको अन्त्य 

आजको दिन अमेरिकी वायुसेनाका सचिवले विवादास्पद कार्यक्रम ‘प्रोजेक्ट ब्लू बुक’ को अन्त्यको घोषणा गरेका थिए । सन् १९५२ देखि  युएफओ वा अज्ञात हवाई वस्तुहरू को  अनुसन्धान गर्दै आएको थियो। कोलोराडो विश्वविद्यालयको एक रिपोर्टपछि यो निर्णय गरिएको थियो । जसमा अनुसन्धान गरिएका कुनै पनि युएफओ राष्ट्रिय सुरक्षाका लागि खतरा नभएको वा बाह्य अस्तित्वको कुनै प्रमाण नभएको निष्कर्ष निकालिएको थियो।  

अरब वसन्तको उत्प्रेरक घटना 

ट्युनिसियाका सडक विक्रेता मोहम्मद बोआजिजी ले नगरपालिका अधिकारीहरूबाट दुव्र्यवहार भोगेपछि आजकै  दिन  सन् २०१० मा आफैंलाई आगो लगाएका थिए। उक्त आत्मदाहको घटनाले ट्युनिसियामा जस्मिन क्रान्ति लाई जन्म दियो र पछि यसले मध्य पूर्व तथा उत्तर अफ्रिकाभरि फैलिएको अरब वसन्त लाई प्रेरित गर्न मद्दत  गरेका थियो ।  

‘द सिम्पसन्स’ को सुरुवात 

टेलिभिजन इतिहासको सबैभन्दा लामो समयसम्म चल्ने एनिमेटेड टेलिभिजन श्रृंखला ‘द सिम्पसन्स’ को सुरुवात आजकै दिन सन् १९८९ मा क्रिसमस विशेष एपिसोड ‘सिम्पसन्स रोस्टिङ अन एन ओपन फायर’ मार्फत भएको थियो। साप्ताहिक एपिसोडहरू सन् १९९० को जनवरीमा प्रसारण  भएको भएपनि यो कार्यक्रम  अमेरिकी इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने एनिमेटेड श्रृंखला बन्न सफल भएको थियो ।    

डब्लुएल म्याकेन्जी किङ  

डिसेम्बर १७, १८७४ मा डब्लुएल म्याकेन्जी किङ को जन्म भएको थियो। उनी क्यानडाका प्रधानमन्त्री  र लिबरल पार्टीका नेता थिए। उनी क्यानडाको अंग्रेजी र फ्रान्सेली जनसंख्याबीच एकता गर्न मद्दत  गरेको भन्दै परिचित छन्।एजेन्सी

प्रकाशित: २ पुस २०८२ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App