८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अन्य

बैंककमा रेल र बस ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककमा शनिबार भएको भीषण रेल दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ।  थाईका  सञ्चारमाध्यमका अनुसार शहरको केन्द्रमा रहेको विमानस्थल रेल लिंक स्टेशन नजिकै तीव्र गतिमा आएको रेल सार्वजनिक बससँग ठोक्किएको थियो। दुर्घटनामा २५ जना भन्दा बढि घाइते भएको अनुमान गरिएको छ। 

उद्धारकर्मीहरूले भग्नावशेषबाट यात्रुहरूलाई बाहिर निकाल्नुका थिए। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ। केहीको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको थाई अधिकारीहरूले बताएका छन्। प्रारम्भिक विवरणअनुसार रेल र बस व्यस्त सडक खण्ड नजिक ठोक्किएका थिए। थप विवरण आउन बाँकी छ।  

प्रकाशित: २ जेष्ठ २०८३ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App