४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

आजकै दिन जन्मेका थिए एडम गिलक्रिस्ट

विश्व इतिहासमा सन् १९७१ नोभेम्बर १४ अर्थात् आजकै दिन अस्ट्रेलियाका महान् विकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिस्टको जन्म भएको थियो। गिलक्रिस्टलाई एकदिवसीय र टेस्ट क्रिकेट  दुवैमा आक्रामक ओपनिङ ब्याट्सम्यान र  उत्कृष्ट विकेटकिपरको रूपमा चिनिन्छ।  

त्यसैगरी सन् २०१४ मा आजकै दिन अर्थात नोभेम्बर १४ मा  भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटको एकै इनिङमा श्रीलङ्का विरुद्ध सर्वाधिक २६४ रनको कीर्तिमान बनाएका थिए। उक्त कीर्तिमान आजसम्म पनि  क्रिकेटको व्यक्तिगत उच्च स्कोरको रूपमा कायम रहेको छ।  

त्यसैगरि सन् १९७१ नोभेम्बर १४ मा नासाको मेरिनर ९ अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा स्थापित भएको थियो। उक्त यान कुनै अन्य ग्रहको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान थियो। जसले मंगल ग्रहको सतह र वायुमण्डलको विस्तृत तस्बिरहरू पठाएको थियो।  

मङ्गल ग्रह सौर्यमण्डलमा सूर्यबाट चौथो ग्रह हो। यसको जमीनमा भएको आइरन अक्साइडको कारण पृथ्वीबाट यसको सतह रातो देखिन्छ ।  जसकारण यसलाई रातो ग्रहको नामले समेत चिनिन्छ।

प्रकाशित: २८ कार्तिक २०८२ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App