५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

पूर्वप्रेमीले चुम्बन गर्न खोज्दा युवतीको प्रतिकार, दाँतले जिब्रो काटिदिइन्

पूर्वप्रेमिकालाई जबरजस्ती चुम्बन गर्न खोज्दा पुरुषले जिब्रोको आधा भाग गुमाउनु परेको छ। घटना भारत, उत्तर प्रदेश कानपुरको हो। त्यहाँ एक विवाहित पुरुषले आफ्नी पूर्वप्रेमिकालाई जबरजस्ती चुम्बन गर्न खोज्दा भएको प्रतिकारमा जिब्रो गुमाएका हुन्। 

ती ३५ वर्षीय पुरुष (चम्पी नामले चिनिने) आफ्नी पूर्वप्रेमिकासँग फेरि सम्पर्कमा आउन खोजिरहेका थिए। विवाहको तयारी गरिरहेकी ती महिलाले उनलाई टाढा राखेकी थिइन्। 

सोमबार दिउँसो पोखरीमा एक्लै नुहाउँदै गरेकी उनलाई देखेर पुरुषले पछ्याउँदै गए र जबरजस्ती अँगालो हालेर चुम्बन गर्न खोजे। महिलाले प्रतिरोध गरिन्। पुरुष नहटेपछि उनले जोडले जिब्रो टोकेर आधा भाग काटिदिइन्। पुरुष चिच्याउँदै लड्न पुगे, रगत बगेपछि गाउँलेहरू आएर उनलाई अस्पताल पुर्‍याएका हुन्। 

उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। प्रहरी उपायुक्त दिनेश त्रिपाठीले पनि घटनाको पुष्टि गरेका छन्। उनका अनुसार पुरुषविरुद्ध मुद्दा दर्ता भइसकेको छ। यसबारे थप कारबाही भइरहेको उनले जानकारी गराए। एजेन्सी

प्रकाशित: ३ मंसिर २०८२ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App