भाईको चारैतिर खोजी गरिरहेको अवस्थामा भोलीपल्ट (१३ गते) बेलुका ७ बजे आफ्नो मोबाईलमा अपरिचित व्यक्तिको फोन आएको र २५ लाख रुपैयाँ फिरौती मागेको मृतकका दाजु मजित अहमद हल्वाईले बताएका छन् । '२५ लाख फिरौती नदिए भाईको हत्या गरिदिने धम्की आयो,' उनले नागरिकन्युजसँग भने, 'त्यतिबेला भाईलाई मारिसकेका रहेछन, फिरौती माग्नलाई मात्र फोन गरेका रहेछन् ।' फिरौती मागेपछि भारतीय प्रहरी थानामा पुगेर घटनाबारे जानकारी गराएको र लगत्तै नवावगन्जमा लास भेटिएको खबर आएको मृतकका दाई हल्वाईले बताए ।
घटनापछि पीडित परिवारको उजुरीका आधारमा बाँके प्रहरीले पिप्रहवाका महेश यादव र ईरफान अलि दर्जीलाई बुधबार पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । कार्यालयका मुद्दा शाखा इन्चार्ज, प्रहरी निरिक्षक हिक्मत बोहराले महेश र इरफानलाई गाउँबाटै पक्राउ गरिएको बताए । 'इसराईललाई भदौ १२ गते अपहरण गरेर सोही दिन हत्या गरेको अनुसन्धानबाट देखिन्छ,' बोहराले भने 'अभियुक्तद्वयले नै मोटरसाईकलमा चढाएर रुपैडिहा सम्म पु¥याएको खुलेको छ, हत्या कसले गरेको हो, भन्ने रहस्य खुल्न बाँकी छ।'
नेपाली पुरुषको बेवारिसे शव देखेपछि भारत नवावगन्जका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 'प्रहरी पुग्दा मृतकको टाउँको र लिंग काटिएको अवस्थामा शव फेला पर्यो,' प्रहरी निरिक्षक बोहराले भने । हत्यामा संलग्न समुहले मृतकका परिवारसँग फिरौती समेत मागेको उनले बताए।
घटनास्थल रुपैडिहा बजारबाट करिव ७ किलोमिटरको दूरिमा छ । अपहरण गरी हत्यामा संलग्नको पहिचान गरी कानुनी कारबाहीका लागि पीडित परिवारले भारतीय प्रहरी समक्ष पनि जाहेरी दर्ता गराएका छन् । यता जिल्ला प्रहरी कार्यालय बाँके समक्ष पुगेर मृतकका आफन्तले घटनाको अनुसन्धान गरी संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।
प्रकाशित: १६ भाद्र २०७२ ०८:१९ बुधबार





