५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

एक किलो सुनसहित साली-भेना पक्राउ

रसुवा- रसुवाको धुन्चेबाट अवैधरुपमा ल्याइएको एक किलो सुनसहित दुई जनालाई नेपाली सेना नारायण दल गणले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा जिल्ला गोल्जुङ-५ की १६ वर्षकी सीता तामाङ र सोही ठाउँका १८ वर्षका यार्साङ घले छन्। लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चे चेक पोष्टमा नियमित चेक जाँचको क्रममा बा६१प २९४८ नम्बरको मोटरसाइकल चेक जाँचको क्रममा एक किलो बराबरको सुन भेटिएको हो।

नियमित चेक जाँचको क्रममा अनुहार बिगारेपछि सीता तामाङको झोला खोलेर हेर्दा कालो टेपले बेरेर राखिएको अवस्थामा एक किलो बराबरको सुन भेटिएको नेपाली सेना नारायण दल गणका क्याप्टेन सुरेश केसीले बताए। उनका अनुसार पक्राउ परेकाहरुले आफूहरु साली र भिनाजु रहेको बताएका छन्।

सामान्य सोधपुछको क्रममा उनीहरुले उक्त सुन राजधानी लैजान लागेको बताएका छन्। उनीहरुको साथबाट ४ थान सामसुङ मोबाइल, १ सय अमेरिकी डलर, १६ थान चिनियाँ पैसा, नेपाली ५० हजार रुपयाँ र साथमा भएको मोटरसाइकलसहित प्रहरीलाई बुझाइएको जनाएको छ। यद्यपि सुन तस्करीमा पक्राउ परेकाहरुबारे प्रहरीले भने अहिलेसम्म केही पनि खुलाउन चाहेको छैन।

प्रकाशित: १४ श्रावण २०७२ २२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App