गाउ"लेले कोदई हरिजनले झा"क्रीले भनेअनुसार बिरामी छोराको उपचारका नाउँमा बलि दिएर जीवनको हत्या गरेको आशंका गरेका थिए। गाउ"लेको अनुमान अनुसार, कोदईले जीवनको हत्या गरेको पुष्टि पनि भएको छ।
स्थानीयका अनुसार झा"क्री गंगा हरिजनले कोदई हरिजनको बिरामी १८ वर्षीय छोरा विजय बिरामी भएपछि बोक्सी लागेको भन्दै झा"क्री (सोखा) उतार्ने काम गरेका थिए। झा"क्री उतार्ने सिलसिलामा विजयले मान्छेको मासु र रगत मागे। त्यसपछि बली दिने बालक खोज्दै हिँडेका बाबु कोदईले स्थानीय शिवमंगल कोहारका १० वर्षीय छोरा जीवनलाई रोजे। घरमै भाइबहिनीसँग रमाउँदै खेलिरहेका जीवनलाई अनार खान बोलाउँदै फकाएर कोदईले जीवनलाई झा"क्रीसमक्ष ल्याएका थिए। शिवमंगलको परिवारले अनार खान लगेका छिमेकी कोदईले छोराको हत्या नै गर्लान् भन्ने सोचेनन्। 'नाति कतै खेलिरहेको होला भनेर उज्यालो हुञ्जेल खोजी गरिएन। रात परेपछि पनि नाति नआउँदा खोजी गरियो,' हजुरबाबु परमानन्दले रुँदै भने, 'दुष्टले नातिको हत्या गरेछन्।'
झा"क्री उतार्ने सिलसिलामा जीवनको घा"टी रेटेर कोदईको घरमा पूजा गर्दै बली दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कोदईकी पत्नी लक्ष्मीले घटना भएपछि आफूले देखेको र यस्तो घटना नगरेको भए हुन्थ्यो भनेको प्रहरीलाई बयान दिएकी छन्।
हत्या गरेर जीवनलाई कपडाले बेरेर बाकसमा राखेका कोदईले रात परेपछि नजिकैको झाडीमा फालेको प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रहरीले कोदईको घरबाट रगतले लत्पतिएको कपडा, हत्यामा प्रयोग भएको धारिलो हतियार बरामद गरेको छ। घटनाको अनुसन्धानका लागि झा"क्री गंगा हरिजन उनका सहयोगी रुदल हरिजन, कोदई हरिजन, सूर्यभान हरिजन र विजय हरिजनसहित नौ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका इन्स्पेक्टर जगदीशबन्धु पोखरेलले जानकारी दिए।
जीवन स्थानीय शिवशम्भु प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्थे। ज्याला मजदुरी गरेर परिवारको लालनपालन गर्दै आएका बाबु शिवमंगल शुक्रबार सा"झ मात्रै घर आएका थिए। छोरा सा"झसम्म घर नआएपछि गाउ"लेलाई साथमा लिएर रातभरि खोजी गरेको उनले बताए। सिंगो गाउँले चार दिनसम्म खोजीमा जुट्दा पनि कोदईको परिवार बेवास्ता गरी घरमै बसेको थियो। चुपचाप घरमै बसेका कोदईको क्रियाकलाप देखेर गाउ"लेले कतै बदमासी उनैले त गरेनन् भनेर लख काटेका थिए। शव भेटिएपछि शंका लागेर गाउ"लेले कोदईकी श्रीमती लक्ष्मी र छोरा विजयलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। शुक्रबार भागेका कोदईलाई शनिबार बिहान प्रहरीले गाउ" नजिकैबाट नियन्त्रणमा लिएको छ।
गाउ"लेले छिमेकीको बालकलाई बलि दिएको आक्रोशमा कोदई र उनका भाइ सूर्यभानको घर तोडफोड गरेका छन्। आक्रोशित गाउ"लेले भाडाकु"डा, लत्ताकपडा र अन्नपात छरपष्ट पारिदिएका छन्।
कुडिया—४ का पूर्ववडा सदस्य हरिलाल गुप्ताले गाउ"मा भएको यो घटना समाजका लागि घिनलाग्दो भएको बताए। 'यो लाजमर्दो घटना हो,' उनले भने। ७० वर्षीय हरिलालले आफ्नो जीवनमा यस्तो घटना पहिलोपल्ट देखेको सुनाए। दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने गाउ"लेको माग छ। घटनास्थल सदरमुकाम परासीदेखि २० किलोमिटर पूर्वमा पर्छ। यो गाउ" पिछडिएको मानिन्छ।
नवलपरासीका एसपी नलप्रसाद उपाध्यायले हत्यामा गंगा हरिजन, कोदई हरिजन, विजय हरिजन, सूर्यभान हरिजन र रुदल हरिजनको संलग्नताको पुष्टि भएको जानकारी दिए।
प्रकाशित: ९ श्रावण २०७२ २२:१२ शनिबार





