२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

पूर्व सभासद कुशवाह पक्राउ

मकवानपुर- पूर्व सभासद शिवचन्द्र कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ। बाराको महागढीमाई नगरपालिका ८ बरियारपुरमा जग्गा विवादमा भएको झडपको अनुसन्धान गर्न भन्दै बारा क्षेत्र नम्बर २ का पूर्व सभासद कुशवाहलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।


साउन ३ गते जग्गा र घर खाली गराउने विषयमा कुशवाहको समूह र स्थानीय बिच झडप हुँदा गम्भीरा साह हलुवाई, सुरेश प्रसाद चौरसिया, मुक्ति नारायण चौरसिया लगायतका घाइते भएका थिए। झडपको क्रममा घर समेत भत्काईएको थियो।

पूर्व सभासद कुशवाहलाई घटना बारे बुझन बोलाउँदा उनले घाटनामा आफ्नो हात नभएको भन्दै नआएपछि पक्राउ गरिएको प्रहरी उपरिक्षक लोकेन्द्र मल्लले बताए।

कुशवाहाले घर भत्काउने क्रममा स्थानीयहरुले प्रतिकार गर्दा घटना उग्र बनेपछि प्रहरीले घटनालाई साम्य पार्न तीन राउण्ड अश्रुग्यास समेत प्रहार गरेका थियो। कुशवाह पहिलो संविधान सभामा एनेकपा माओवादीबाट विजयी सभासद हुन्।

प्रकाशित: ८ श्रावण २०७२ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App