२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

११ बालबालिकाको उद्धार

सुर्खेत- मुगुबाट काठमाडौं लैजाँदै गरिएका ११ बालबालिकालाई इलाका प्रहरी कार्यायय छिन्चुको सहयोगमा सोमबार साँझ सुर्खेत जिल्ला बालकल्याण समितिले उद्धार गरेको छ। आठदेखि १२ वर्ष उमेरका बालबालिका 'अवैध'रुपमा ओसारपोसार हुन लागेको आशंकामा उद्धार गरिएको समितिले जनाएको छ।जिल्ला बालअधिकार अधिकृत रमा भण्डारीका अनुसार राष्ट्रिय एकता पार्टीको केन्द्रीय सदस्य बताउने धनमानसिंह मल्लले ती बालकलाई सुर्खेत हुँदै काठमाडौं लगिरहेका थिए। 'मल्लले पार्टीको केन्द्रीय अध्यक्ष उमा श्रेष्ठले आफूलाई गरिव र असहाय बालबालिका ल्याएर आउन आग्रह गरेको हुँदा बालबालिका लगेको जानकारी दिएका छन्,' मल्लको भनाइ उदृत गर्दै भण्डारीले भनिन्, 'काठमाडौंमा काम गर्ने मान्छे पाइँदैन खाना पकाउनलाई दुईजना भान्से पनि ल्याउन भन्नुभएको थियो, तर यसपटक सकिएन।'

सबै बालबालिका मुगु, धैनकोट गाविसका हुन्। तीमध्ये एक रोकाया थरका हुन् भने बाँकी मल्ल र शाही हुन्। बालबालिकासँग कुरा गर्दा सबैको बाबुआमा भएको पाइएको भण्डारीले जानकारी गराइन्।

असार ३१ गते मुगुबाट हिँडेका उनीहरु आइतबार कालिकोटको जितेगडाबाट बस चढेर सुर्खेत आएका हुन्। बालबालिकासँग उनीहरुको जन्मदर्ता र गाविसको सिफारिसबाहेक अरु कागजपत्र छैनन्। मल्लले सबै बालबालिकालाई अनामनगरमा राख्ने गरी ल्याएको अपुरो जानकारी दिएको भण्डारीले बताइन्। जिल्ला बाल कल्याण समितिको समन्वयमा बालबालिकालाई वीरेन्द्रनगरस्थित नवजीवन बाल संरक्षण केन्द्रमा राखिएको छ। मल्ललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ४ श्रावण २०७२ २३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App