१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

चेपाङ बस्तीमा येशु

आठ वर्षअघिसम्म चितवनका पहाडी गाउँका चेपाङ समुदायले जंगलभित्र धुमधामले प्रकृति पूजा गर्थे। पूजापछि गाउँमा भोज चल्थ्यो। तर, अचेल गाउँमा प्रकृतिको पूजा हुँदैन। चेपाङहरू अचेल गाउँमा बनेका चर्चहरूमा येशुको भजन गाउँछन्। चितवनका पहाडी चेपाङ बस्तीमा झन्डै ७० वटा चर्च छन्। सिद्धि–१ का दलबहादुर प्रजा १० कक्षा पढ्दै गर्दा पढाइ नै छाडेर परमेश्वरको पछि लागे। आनन्द र शान्ति पाइन्छ भन्दै प्रजाले धर्म परिवर्तन गरेको बताए।
'चेपाङले जाँडरक्सी खाएकै कारण खान नपुगेको हो। हाम्रो धर्मले त्यो सबै छोडाउँछ र गरिखाने बाटो दिलाउँछ' भनेर धर्मप्रचारकहरू दलबहादुरजस्ता युवालाई फकाउँथे। कम पढेलेखेका र सोझा गाउँलेहरू अभावबाट मुक्ति पाइने आशमा धर्म परिवर्तन गर्न थाले। अहिले सिद्धि गाविसका झन्डै ८० प्रतिशत चेपाङ 'संसारी'बाट 'विश्वासी'मा फेरिएका छन्। ११ वटा स्कुल रहेको चेपाङ बस्तीमा १५ वटाभन्दा बढी चर्च रहेका छन्।
'छोराछोरी पढाइदिन्छु, उपचार गराइदिन्छु, विदेश पठाइदिन्छु, जागिर लगाइदिन्छु भन्दै क्रिस्चियन बन्न उक्साउँछन्,' विकट गाउँ लोथरका झ्यापुराम चेपाङले भने, 'तर, मैले आफ्नो धर्म त्यागिनँ।'
पूर्वसभासद् गोविन्द चेपाङ धर्म परिवर्तन गराउनेहरूको लर्को विकट गाउँहरूमा बढेको बताउँछन्। 'अभाव र अशिक्षाको भुमरीमा रहेको चेपाङ समुदायलाई सबै आवश्यकता पुर्यामइदिने प्रलोभनमा पहिचान नै मेटिनेगरी धर्म परिवर्तन गराउनु राम्रो होइन,' उनले भने।

प्रकाशित: १० पुस २०७१ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App