५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

भालुको छाला, नङ्ग्रा र भरुवा बन्दुक बरामद

महेश्वर चामलिङ राई- (उदयपुर)
जिल्लाको पश्चिम कटारी नगरपालिकाबाट वन्यजनन्तु भालुको बिभिन्न अङ्ग र छाला प्रहरीले आईतबार बरामद गरेको छ। कटारी ३ (साविक त्रिबेणी गाविस) को खसीबासबाट इलाका प्रहरी कार्यालय कटारीको टोलीले भालुको नङ्ग्रा, छाला र भरुवा वन्दुक तथा त्यसमा लाग्ने वारुद बरामद गरेको जनाएको छ।

विशेष सुराकीका आधारमा भालुको ५८ ओटा नङ्ग्रा, दुईथान छाला, एकथान भरुवा वन्दुक र त्यसमा लाग्ने वारुद नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी उपरीक्षक अजय भट्टराईले खसीबासका स्थानीय देबबत्रहादुर कटुवालको घरमा लुकाई राखेको अवस्थामा बरामद गरेको बताए। उनका अनुसार इप्रका कटारीका नायव निरीक्षक तुलसीमान कार्कीको नेतृत्वमा गएको टोलीले सो वस्तु बरामद गरेको हो। 
बरामद वस्तु इलाका वन कार्यालय कटारीलाई वुझाईसकेको एसपी भट्टराईले बताए। कटुवाल बस्न छाडेका घरमा लुकाई राखेको उक्त अवैध वस्तु उनका दाजु काजीमान कटुवालले वन्दुकले भालु मारेर राखेको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। प्रहरीले कटुवाल दाजुभाइको खोजी भइरहेको जनाएको छ। 
इलाका वन कार्यालय कटारीले प्रहरीले बुझाएको वस्तु र बन्दुक जिल्ला वन कार्यालय पठाउन लागेको जनाएको छ। पक्राउ वस्तु अनुसन्धानका लागि जिल्ला पठाउन लागिएको कार्याललयले जनाएको छ। खसीबास चौतर्फी जङ्गलले घेरिएको हुनाले सो क्षेत्रमा भालु, मृग, बाघलगायत वन्यजन्तुको तस्करी हुने गरेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार शिकारीले भालु मारेर मासु खाने, छाला, नङ्ग्रा र पित्त बिक्री गर्ने गरेका छन्।

प्रकाशित: १८ जेष्ठ २०७१ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App