मकवानपुरमा कार्यरत साहमाथि बुधबार बिहान ५ बजे वीरगन्ज–१२ घन्टाघर नजिक रवि गोयलबाट नगद र गहना लुटेको आरोप छ। भारतीय नागरिक गोयल रक्सोलका बासिन्दा हुन्। भारतीय नम्बर बिआर०५सि ८१६६ को मोटरसाइकलमा आएका दुई अपरचितले आफूसँग भएको १० तोला सुनको गहना र ७ लाख रुपैयाँ नगद लुटेर लगेको भनी गोयलले प्रहरीलाई जाहेरी दिएका थिए। सूचनाका आधारमा असई साहलाई पक्राउ गरी पर्सा हरपतगन्ज–६ स्थित उनको घर खानतलासी गर्दा घटनामा प्रयोग भएको मोटरसाइकल फेला परेको प्रहरी उपरीक्षक घिरजप्रताप सिंहले बताए।
४० वर्षे असई साहको पोलिग्राफ टेस्टका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक दिपक भण्डारीको नेतृत्वमा आएको टोलीले साहको बयान लिएको हो। यता साह र उनको घरबाट बरामद मोटरसाइकललाई गोयलले सनाखत गरेका छन्।
पर्सा जिल्ला अदालतले अनुसन्धानका लागि १५ दिन साहलाई प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ। उनलाई निलम्बन गर्ने प्रक्रिया प्रहरी प्रधान कार्यालयले अघि बढाएको र घटनामा संलग्न अन्यको खोजतलास जारी रहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।
प्रकाशित: १२ जेष्ठ २०७१ २०:२२ सोमबार





