५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

बसमा बेहोस बाउ छोरा अस्पतालमा

चितवन- काठमाण्डौबाट सोमबार साँझ चितवनका लागि हिंडेका ५० बर्षिय शालीग्राम वाग्ले र २१ वर्षे छोरा विकास चितवन आईपुग्दासम्म बसमै बेहोस भए। राती दुईबजे चितवन छिरेपनि उनीहरु होस नखुलेकोले अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन लगिए। उनीहरुको मंगलबार साँझ पनि राम्ररी होस खुल्न सकेको छैन।

‘भाईको होस कहिले खुल्छ फेरि बेहोस हुन्छ', वाग्लेका चितवन बस्ने जेठा छोरा नविनले भने 'बा को होस त खुलेकै छैन।’ अर्धबेहोसी अवस्थामा भाईले कहिले फ्रुटी खाएको त कहिले पहिरो आएर घाईते भएको हो भनेर उल्टै लर्बरिदै भन्ने गरेको उनले बताए।

भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचाररत दुईको राम्ररी होस नखुलेकाले बयान लिन समेत नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका जीवलाल चुँदालीले बताए। विकासलाई विदेश पठाउन पासपोर्ट बनाउन काठमाण्डौ गएका उनीहरु फर्केर आउने क्रममा सो घटना भएको उनले बताए।

चालक किशोरी प्रसाद यादवका अनुसार कलंकीबाट ३ जना बसमा चढेका थिए। मुग्लिनमा खाना खाएका उनीहरूमध्ये एकजना भरतपुरको केन्द्रिय बस टर्मिनलमा ओर्लिए। दुईजना चितवनमै ओर्लिनु पर्ने नओर्लेपछि सहचालकले उठाउन गएका थिए। पछाडी सिटमा बसेका बाउछोरा नउठेपछि गोन्द्राङ प्रहरीमा खबर गरेको चालक किशोरी यादवले बताए। उनीहरूको साथमा कति पैसा थियो, अरु सामान के के थियो र कति लुटियो भन्ने केही नखुलेको प्रहरी चुँदालीको भनाई छ। बसपार्कमा ओर्लने व्यक्ति को थिए भन्ने बारेमा अनुसन्धान चलिरहेको पनि उनले बताए।

वाग्लेका ठूलो छोरा नविन चितवनको माडीमा बस्ने भएकाले एक दिन त्यही बसेर नेपालगंज जान उनीहरूले चितवनको टिकट काटेको आफन्तले बताए। बसका चालक सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेपनि पिडितहरुकै बयान नभएकाले अनुसन्धान अधुरो रहेको चितवन प्रहरी प्रवक्ता संजय राउतले बताए। प्रारम्भिक अनुसन्धानमा लुटपाटकै उदेश्यले बेहोस बनाईएको अनुमान गरिएपनि थप घटना पिडितहरुको बयानपछि खुल्ने उनले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७१ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App