३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

अनुहार नचिनिने गरी हिँडे कारबाही

काठमाडौं- महानगरीय प्रहरी कार्यालयले होलीमा अनुहार नै नचिनिने गरी रङ दलेर हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। सोमबार १४ बुँदे सुरक्षा निर्देशन दिँदै आयुक्त कार्यालयले आपराधिक गतिविधिमा संलग्न व्यक्ति पक्राउमा बाधा पुग्ने भन्दै रंग दल्दा नचिनिने गरी अनुहारमा रंग नदल्न आग्रह गर्दै यसो गरे कारबाही गर्ने चेतावनी दिएको हो।होलीमा अवान्छित र उच्छृंखल गतिविधि रोक्न उपत्यकाका प्रहरी परिसर, ट्राफिक महाशाखा र अपराध महाशाखाको समन्वयमा पर्व विशेष एकीकृत सुरक्षा योजना तर्जुमा गरेको जानकारी दिँदै सामाजिक सद्भाव कायम राखी हर्षोल्लासपूर्वक होली मनाउन आग्रह गरेको हो।

आयुक्त कार्यालयको निर्देशनमा डोरी टाँगेर आवागमन अवरोध गर्ने र चन्दा उठाउने, रंग दल्ने बहानामा महिला र पर्यटकसँग अभ› एवं अनुचित व्यवहार गर्ने, सार्वजनिक सवारीसाधनको छत र हुडमा बसी यात्रा गर्न रोक लगाएको छ। बिनाहेल्मेट मोटरसाइकल चलाउन, दुईभन्दा बढी बस्न, जबरजस्ती रंग पानी छ्याप्न, लोला हान्न, जबरजस्ती अर्काको घरमा पसी होली नखेल्न, जुवा नखेल्न, हुलिया नै नचिनिने गरी विभिन्न रंग दलेर हिँड्नसमेत प्रहरीले रोक लगाएको छ।

यसैगरी मादक पदार्थ एवं लागुऔषध समेत सेवन गरी होहल्ला गर्ने,सार्वजनिक स्थान, पार्टी प्यालेसमा डिजे वा कलाकारहरुले ठूलो आवाजमा म्यूजिक बजाई होहल्ला गरे कारवाही हुने आयुक्त कार्यालयको निर्देशनमा उल्लेख गरेको छ। सो निर्देशनको उलंघन गरे सार्वजनिक अपराध ऐन अनुसार कारवाही हुने प्रहरीले चेतावनी दिएको छ।

प्रकाशित: ८ चैत्र २०७२ २०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App