६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

पूर्वलडाकुको हत्या

भीमदत्तनगर-कञ्चनपुरको बेदकोट नगरपालिका–१ दैजीका ५० वर्षीय विष्णु भट्टको गए राति अज्ञात समूहले हत्या गरी पूर्वपश्चिम राजमार्गमा फालेको अवस्थामा भेटिएको छ ।माओवादीका पूर्वलडाकुसमेत रहेका भट्टलाई हत्या गरी चलाखीपूर्ण ढङ्गले राजमार्गमा ल्याएर छाडिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

"शरीरभरि निलडाम छ" घटनास्थलबाट प्रवक्ता खनालले भने-"हत्या गरी राजमार्गमा ल्याएर राखेको जस्तो देखिन्छ ।" खनालले भट्टको सवारी दुर्घटनामा मृत्यु भएको देखाउन राजमार्गमा शव राखिएको हुन सक्ने अनुमान गरे।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी सहितको प्रहरी टोली घटनास्थल पुगेको छ । रासस

प्रकाशित: ५ चैत्र २०७२ २३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App