६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

आमाद्वारा डेढ वर्षीया छोरीको हत्या

रौतहट–रौतहटमा एक आमाले आफ्नै अवोध छोरीको हत्या गरेका छिन्। डेढ वर्षीय छोरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधवार राति नै पक्राउ गरेको छ ।रौतहट पचरुखीकी २२ वर्षीया सुतनी देवीले काखकी छोरीको हत्या गरेको प्रहरीले जनाएको छ। उनले डेढ वर्षीया छोरी रिनालाई गंगापिपरा गाविस भवनको पछाडि बाँसघारीमा भूँइमा पछारेर हत्या गरेकी प्रहरीले जनायो। डेढ वर्षीय बालिकाको हत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरी नायव निरीक्षक चन्दन सिंहले महिलाको अवस्था हेर्दा मानसिक सन्तुलन ठिक नभएको जस्तो लागेको बताइ। महिलालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित: ३ चैत्र २०७२ २३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App