४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

काठमाडौंदेखि क्वालालम्पुरसम्म

मलेशियाको राजधानी क्वालालम्पुर जाने रहर त थियो तर चाँजापाँजो मिलिरहेको थिएन । मलेशिया त अहिले लाइम लाइटमा छ किनभने नेपाली बेरोजगार युवाहरुको लागि रोजगारीको केन्द्र बनेको छ । धेरै श्रमिकहरुको गन्तव्य बनेको छ।मलाया त्यसै पनि लाहुरेहरुका लागि सदियौ देखिको आकर्षणको केन्द्रको रुपमा रहेछ नेपालीहरुका लागि । बैशाख १२ गतेको विनाशकारी भूकम्प सबैलाई विदितै छ । त्यो भयंकर र भयावह भूकम्पले करौडौंको क्षति पुर्याएको थियो भने लगभग १० हजार मानिसहरुको ज्यान गएको थियो । हजारौ घरहरु क्षतिग्रस्त भएका थिए । सम्पूर्ण नेपाली आँसुको आहालमा डुबेको थियो । यस्तो स्थितिमा मलेशिया जाने मनस्थिति थिएन । गाउँबाट पनि बधु–बान्धव, सगा–सम्बन्धि स्वजन–परिजन र आफन्तहरु काठमाण्डौं छाडेर आउनका लागि भनिरहेका थिए, आफ्नो थात थलोमा आउनका लागि तर काठमाण्डौं छाड्ने मुडमा थिंइन किनभने यहाँका भूकम्प पीडितहरुको पीडा बढाउने मनसाय थिएन । उनीहरुसँग बसेर उनीहरुको सुखदुखमा सहभागी हुने उनीहरुकालागि केही सहायता गर्ने विचार थियो । हुन त मेरो गाउँघर सिसौटियाबाट चन्दा असुल गरेर एउटा राहत टोली सिन्धुपाल्चोक जिल्ला हिडिसकेको खबर पाएको थिएँ । तर पनि काठमाण्डौं नछाड्ने निधो गरेर यही बस्ने विचार थियो । ५, ६ दिनको पालवासले घरको माया मोह छोडिसकेको थिएँ । पराकम्प लगातार जारी थियो ।

नेपाल वायुसेवा निगमका लेखा अधिकृत तारिणीराजको पोष्टिङ्ग नेपाल वायु सेवा निगमका क्वालालम्पुर स्थित कार्यालयमा भएको एक वर्षको समयावधि बितिसकेको थियो । उनी २ वर्षका लागि त्यहाँ गएका हुन् । अझ १ वर्ष बाँकी रहेकोले उनले पटक¬–पटक अनुरोध गरि राखेका थिए । स–परिवार क्वालालम्पुर भ्रमणका लागि आउन उनले राम्रै अर्पाटमेन्ट पाएका थिए । बसोबासको समस्या ुहँदैन भनेर आश्वासन दिइराखेका थिए । उनी मेरो छोरी÷ज्वाई हुन् । मेरी छोरी र नाती ३–४ पटक त्यहाँ गईसकेकोले उनीहरुलाई क्वालालम्पुरको बारेमा धेरै ज्ञान र अनुभव भइसकेको थियो । मेरो नाती समीरले क्वालालम्पुर एयरर्पोटको अध्ययन अनुसन्धान गरेर वास्तुशिल्पीय थेसिस पनि आप्mनो डिग्रीका लागि तयार गरेर बुझाइसकेका थिए । उसको हामीलाई क्वालालम्पुर घुमाउने इच्छा थियो । उसैले हामीहरुको भिसा र हवाईटिकट तथा विदेशी मुद्राको व्यवस्थाको जिम्मा लिएको थियो । सबै व्यवस्था पूरा गरेर हामीलाई खबर ग¥यो । हाम्रो उडान नेपाल वायुसेवा निगमको बोइङ्गजेटबाट हुने निश्चित भयो ।

हामी ४ जना अर्थात म, छोरी पूनम, श्रीमती तारादेवी र नाती समीर निर्धारित र नियत समयमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुग्यौं र हाम्रो जहाज उडानका लागि सम्पूर्ण तयारी गरिसकेकोले र निर्धारित समयमा उड्यो । बिहानको उडान भएकोले मौसम रमाइलो र घमाइलो थियो । गर्मीयाम भएकोले नेपाल र मलेशियाको समयावधिमा २ घण्टाको फरक रहेछ । हाम्रो टिकट एकोनौमी क्लासको भएकोले हामी आ–आप्mना सिटमा बसिसकेका थियौं तर बिजिनेस क्लासमा सीट मेरी छोरीको अनुरोधमा मिल्यो, जुन नेपाल वायुसेवा निगमकी अधिकृत छिन् । बिजिनेस क्लासमा पहिले देखि नै डा. राम प्रसाद उपाध्याय बसिराख्नु भएको थियो, जुन नेपाल सरकारको सेवाबाट निवृत भएर अहिले क्वालालम्पुरमा कार्यरत हुनुहुन्छ । उहाँसँग प्रथम परिचय संयोगवस उडान अवधिमा नै भयो । उहाँको विशेष अनुरोधमा हामीले थप कफी खायौं र उहाँसित क्वालालम्पुरको अनुभव सुन्न थाल्यौं । उहाँले सचेत गराउनु भयो । त्यहाँ डेंगुको प्रभाव छ किनभने लामखुट्टेको प्रकोपले गर्दा मानिसहरु बिरामी हुन्छन् । तसर्थ यसबाट बच्नु होला । यत्तिकैमा वायुयानको वातायानबाट क्वालालम्पुरको हरियो, भरियो दृष्य देखा पर्न थाल्यो जुन धेरै मनोरम र मनमोहक थियो । पाम र नरिवलको रुखले क्वालालम्पुरको शोभालाई बढाईराखेको थियो । यत्तिकैमा उद्घोषण भयो हामी क्वालालम्पुरको विमानस्थलमा उत्रिने तर्खरमा छौं । आ–आप्mनो सिटबेल्ट बाँधि राख्नु जबसम्म विमानको गति रोकिदैन । आ–आप्mनो मालसामानको ध्यान राख्नुस् उत्रिने बेलामा ।

विमानस्थलमा उत्रेपछि हामी एयर ट्रेनका छोटो यात्रा पछि एल. टर्मिनलमा पुग्यौं । त्यहाँबाट एयरट्रेनबाट ओर्लेर अवतरण कक्षमा पुग्यौं । त्यहाँबाट बसमा के.एल. सेन्टर पुग्दा बेलुका भइसकेको थियो । माथि आकाशमा शुक्लपक्षको जूनको प्रकाश विकीर्ण थियो भने तल बिजुलीकोे प्रकाशले सम्पूर्ण क्वालालम्पुर एउटी स्रोह श्रृङ्गार गरेकी नायिका झै । माथि र तलको प्रकाशलाई तुलनात्मक अध्ययन गर्दा तलको प्रकाशपुञ्जलाई जितीरहेको थियो । के.एल. सेन्टरबाट हामी ट्याक्सी लिएर विसमारी अपार्टमेन्ट पुग्दा त रातनै परिसकेको थियो । राति खाना खाएपछि आरामसित हवाई थकान मेटाउँदै मिठो निद्राको राम्रो अनुभूति भयो । भोलिपल्ट खाना खाएपछि हामी बाटुकेभ हेर्न गयौं । मलेशियामा बसोबास गर्ने तमिलहरुद्धारा निर्मित यो केभ धेरै भू–भाग ओगटेर अवस्थित छ । यहाँ रामायण केभ पनि छ जसमा सम्पूर्ण रामायणको कथा–चित्र अंकित गरिएको छ । संक्षेपमा रामायणका विभिन्न घट्ना र परिघट्ना सम्बन्धि बहुरंगी चित्र हेर्न लायकको छ । गुफाभित्र सोपानहरु निर्मित गरेकोल भित्रको दृष्यावली हेर्न सकिन्छ जुन आश्चर्य र सौन्दर्यको संगम छ । श्री अमरनाथ शिवलिगंमको दर्शन पनि गर्न सकिन्छ । श्री सुब्रहमनियम स्वामीको मन्दिर पनि अति राम्रो छ । मूल प्रवेशद्धारमा पवनपुत्र हनुमानको विशाल मूर्ति हेर्न लायकको छ । यो गुफा सुसज्जित र चित्रांकित गरेर स्थापित गरिएको छ । यो स्थापत्य कलाको कीर्तिकमान कायम गरि राखेकोे छ । सन् २०१३ को ६ डिसेम्बरमा आम दर्शकका लागि खोलिएको बार थियो शुक्रवार । प्रवेशद्धारमा नै हनुमानजीको मन्दिर पनि छ त्यहाँ विहान बेलुका क्रमशः आभिषेक र पूजा नियमित रुपमा दिनहुँ सम्पादित हुन्छ । मन्दिरको प्राङ्गण पावन, सफा र सुग्घर भएकोले दर्शनार्थीहरुलाई मानसिक, शान्ति स्वतः प्राप्त हुन्छ । हामी जाँदा बेलुकीको अभिषेक बडो धुमधामसित भइ राखेको थियो । दर्शन पश्चात हामीले नरिवल पानी पिएर परितृप्त भयौं । त्यहाँ जानका लागि पुत्रवल्र्ड ट्रेडसेन्टर देखि सोझै लोकल ट्रेनमा पुग्न सकिन्छ । पुत्र वल्र्ड टे«ड सेन्टर हामी बसेको विस्तारी कन्डोमिनियम नजिकै रहेछ । त्यहाँबाट क्वालालम्पुर भरि रेल सेवा सहजै उपलब्ध छ । टौकिङ्ग टे«ेन भएकोले यात्रीहरुलाई सधै स्मरण गराइ रहन्छ कि कुन स्टेशनमा रेल रोक्ने हो । यति मात्र होइन त्यहाँ रेलभित्र पनि स्टेशनहरुको मार्गदर्शन चित्र बराबर सूचनापट्टीबाट आवश्यक जानकारी गराइन्छ । सडकको दुवैतिर विभिन्न किसिमका पूmलहरुको विरुवा रोपिएकोले सडक नै सुगन्धित हो कि जस्तो प्रतीत हुन्छ । मौसमी फूलहरुको वासना हठात् हरहर नाक भित्र पसिरहन्छ जसले गर्दा हिडाईबाट थकान महशुस हुँदैन । चम्पा र चमेली पूmलको वासनाबाट बाटो सुगन्धित भईरहन्छ । यात्रीहरुका लागि फुटपाथ भरि माथि छाना बनाइएको छ जसले गर्दा यात्रीहरु चर्को घाम र पानीबाट सुरक्षित भई पैदल हिडडुल गर्न रुचाउँछन् तर छोटो दूरीका लागि मात्र । जसले गर्दा मलेशिया अहिले आप्रवासीहरुका लागि आकर्षणको केन्द्र बनेको छ । अहिले दश लाख नेपालीहरु मलेशिया भरि विभिन्न पेशामा आवद्ध भएर कार्यरत छन् । जसमध्ये दुई लाख नेपालीहरु गैर कानुनी ढगंबाट काम गरि रहेका छन् । क्वालालम्पुर भरि विभिन्न किसिमका सवारी साधनहरु जस्तो रैपिड के.एल.र गो. के.एल. शीत ताप नियन्त्रित हुन्छन् । गो.के.एल. मात्र विदेशी पर्यटकहरुका लागि संचालित छ जसमा प्रसिद्ध पर्यटकीय ठाउँहरुको मार्ग चित्र पनि दिइएको हुन्छ । यो बस चाँहि फ्री हुन्छ । बंगलादेशी पर्यटकहरु छन भने बंगाली गीत, भारतीय पर्यटकहरु छन् भने हिन्दी गीत र विशेषतः अंग्रेजी गीतहरु सुनाउँदै यो बस क्वालालम्पुर भरिको दिग्दर्शन गराउँछ । बस र टे«ेनमा सुपारी, पान, गुटखा र तम्बाकु खान निषेध गरिएको छ । कसैले यसको वास्ता गरेन भने जरिवाना भर्नु पर्ने हुन्छ । यसले गर्दा बस र टे«न सफा र सुग्घर हुन्छन् । यस बाहेक पर्यटकहरुका लागि के.एल.टावर देखि टुविन टावर सम्म शीत ताप नियन्त्रित व्रिजको निर्माण गरिएको छ । टुविन टावर सबैभन्दा आकर्षणको केन्द्रले गर्दा पर्यटकहरुकोे जमघट हेर्न लायकको हुन्छ । अन्य दर्शनीय स्थलहरुमा जामे मस्जिदको मूस्लिमहरुको लागि मात्र होइन अन्य धर्मावलम्बीहरुको घुईचो दिन भरि लाग्ने गर्छ । त्यहाँ मस्जिद भित्रै मसाज मेशिन राखिएको छ । जसबाट मसाज सुविधा प्राप्त हुन्छ तर यसको लागि पैसा तिर्नुपर्छ । तिन मिनेटको लागि १ रिंगेट ÷१५ मिनेटका लागि ५ रिंगेट र ३० मिनेटको लागि १० रिंगेट तिर्नुपर्छ । अनि हामीले पनि मसाजको मञ्जा लियौं ।

मलेशिया धर्म निरपेक्ष देश हो । मूस्लिम देशहरुमा मलेशिया र टर्की मात्र धर्म निरपेक्ष देश हो । मलेशियामा ३०% चिनियाँ मूलका ६५% मलय मूलका र ५% हिन्दुहरुको बसोबास छ । पर्यटकहरुको लागि पोशाकको व्यवस्था गरिएको हुन्छ जुन निःशुल्क हुन्छ सिरिफ दर्शनार्थ । मस्जिदको भ्रमण सकेपछि एक एक सानो पानी–पात्र प्रदान गरिन्छ जुन गर्मी र प्यास मेटाउँछ । यो राष्ट्रिय मस्जिदले यसै साल स्वर्ण जयन्ती सम्पन्न गरेको छ जसको समयावधि (१९६५ देखि २०१५) सम्म बडो धूमधाम सित मनाइएको थियो ।

मकाउ कैसिनोका लागि मशहूर छ तर क्वालालम्पुर नजिकै पहाडी स्थित कैसिनो पनि कम मशहूर होइन रहेछ, जहाँ विश्वभरिका पर्यटक र जुुवा प्रेमीहरु जुवा खेल्न जाँदा रहेछन् । चौबिस घण्टा खुला रहने यो केसिनोमा मानिसहरुको जमघट हेर्न लायकको हुन्छ । मलेशियाका मुसलमानहरुका लागि जुवा खेल्न निषेध गरिएको छ । यहाँ जेन्टिङ्ग इन्टरनेशनल कन्भेन्सन सेन्टर पनि हेर्न लायकको छ, जुन निर्माणधीन छ । २०१६ मा नै यो ५ करोड रिंगेटको बजेट खर्च गर्ने परियोजना पूर्ण भएपछि संसार भरिमा यो जुवाघर सबैभन्दा ठूलो हुनेछ । यहाँ धेरै पाँचतारे र रिर्सोट होटलहरु छन् पर्यटकका लागि । त्यहाँ राति बास बस्नेहरुको लागि यी होटलहरु पूर्व सूरक्षित गर्नुपर्छ । रोपवेको व्यवस्था गरिएको छ । फर्केर क्वालालम्पुरमा बास बस्न सकिन्छ । हामीले हरि इन करी रेष्टुरामा बेलुकाको खाना खाएपछि ट्याक्सीबाट फर्किहाल्यौं । त्यहाँ केही नेपाली वेटरहरुसँग भेट भयो । त्यहाँ स्थित होटल फस्टवल्र्डमा पनि कार्यरत नेपालीहरु सित भेट्यौं । उनीहरु राम्रै तलब भत्ता पाउँछन् । मलेशिया कल्चरल इभेन्टसहरुको कार्यक्रम पनि भइराखेको थियो । हरिराया मुस्लिमहरुको धेरै ठूलो चाडको रमझम पनि पूरै मलेशियामा धूमधाम सित मनाइन्छ ।

ट्वीन टावरसँग जोडिएको एउटा ठूलो बगैचा रहेछ जहाँ पर्यटकहरुको घुईचो लाग्दो रहेछ । बेलुकीपख यहाँ रंगीविरंगी पानीको नाच हेर्नका लागि पर्यटकहरु पहिले देखि नै आफ्नो ठाउँ सुरक्षित गरेर बसिराख्छन् ।

यो अनौठो र आश्चर्य जनक पानी तरगं पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । पृष्ठभूमिमा संगीतको सुमधुर स्वर पनि सुनिन्छ । यसरी १८ दिनको क्वालालम्पुरको बास सकेपछि हामी फेरि नेपाल एयर लाइन्सको नियमित उडानबाट काठमाण्डौं फर्कियौं ।

प्रकाशित: २८ फाल्गुन २०७२ २०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App