अघिल्लो दिन अमृतजीलाई सम्पर्क गरेको थिएं । गाडिमा जाने योजना रहेछ । नुवाकोट उद्योग बाणीज्य संघका अध्यक्ष राजन श्रेष्ठ, सचिव जीवन श्रेष्ठ, शैलेन्द्रश्रेष्ठ लगायतका पदाधिकारीलाई योजना सुनाए ।
कुलेखानीबाट साइकल काठमाडौं फर्कदा थियौं । 'माघे संक्रन्तिमा जसरी नि नुवाकोट जानु पर्छ है दाई । अनि गोरु पनि जुधाउछन् रे हो ?' भन्दै नवराज, विजय र राजीब भाई निक्कै जोस्सिएका थिए । त्यो यात्राको अनुभवले उनीहरुमा अदम्य आँट पलाएको थियो । मैले मौन सम्मति जनाए । काठमाडौंको उत्तरतर्फ अजङ्गको शिवपुरी पहाड । शिवपुरीे देख्दा मनमा पारीपट्टि अविरल बग्ने लिखु, तादि, त्रिशुली र बेत्राबती जस्तै नुवाकोट घुम्ने तरंग बगि रहन्थ्यो ।
पातलो हुस्सु । मधुरो घाम । साइकलेका लागि बिहानीको रोमाञ्चक वातावरण । हामीले टोखा, झोर हुदै गुर्जे भञ्ज्याङ्ग पुग्ने बाटो रोज्यौं । झोरबाट गुर्जे पुग्न करिब ७ किमि । चुनौती पूर्ण उकालो बाटो । गुर्जे नपुग्दै बडौरेश्वर महादेब मन्दिर छ । साउनमा तिर्थालुहरु आउछन् । चेक पोष्ट बाट भञ्ज्याङ्ग सम्मको उकालो अभ्यस्त नभई सकेका साइकलेलाई भने तालुबाट धुवाँ छुटाउने खालको छ । हिम्मत भने हार्नु हुदैन । साँढे जुधाइ हेर्न जोसिएका साइकलेमा जोसको कमी थिएन । झोरबाट गुर्जे भञ्ज्याङ्ग आइपुग्न करिब डेढ घण्टा लाग्यो । रमाइलो हेर्न जोसिएर हिंडेका । शिवपूरीको उकालो काटेको पत्तै भएन । गुर्जे भञ्ज्याङ्गसम्म पुग्दा पनि आकास खुलेन । बादलको घुम्टि ओढेर हिमाल पारी पट्टि लुकिरहयो । छर्लङ्ग हिमालको फोटो तस्वीरमा उतार्र्नेे सपना अधुरो भयो ।
कठीन उकालो पछि रोमाञ्न्चकारी ओह्रालो आउँछ । गुर्जे भञ्ज्याङ्गबाट छहरे सम्मको बाटो पुरै ओह्रालो छ । करिब १६ किमि । अधिकांश पक्कि बाटो । अहो ! पंखेटै हालेको जस्तो भयो दाई । मनिक भाइले गुर्जे भञ्ज्याङ्गबाट छहरे पुगे पछि रोमाञ्चित हँुदै भने । छाहरे सानो बजार । यहाँ खाना र नास्ता पनि पाइन्छ । हामीले अलमल गरेनौं ।
छहरेबाट अमिल बोटे, थानसिङ, लिखु हुदै तादिको पुल सम्म करिब १० किमी । लिखुको पुल तरेर पारी गए चौघडा पुगिन्छ । ढिकुरे जान लिखुको पुल छोडेर तादि पुल तर्नु पर्छ । कच्चि बाटो । अनुभब बटुलदै गरेका साइकले । ढिकुरे पुग्न करिब १ घण्टा लाग्यो । पुनः पक्कि बाटो शुरु भयो ।
"ए हेर हेर साइकलको धारो !" संक्रान्ति मनाइ रहेका एकहुल किशोरीहरुले अचम्म मान्दै भने । पक्कि बाटो भेटेपछि एकनासले पाउदान घुमाउदै अगाडि बढ्यौं । पाँच किमि पर गंगटे । गंगटेबाट ढुंगे ३.५ कि.मी टाढा छ ।
नुवाकोट उद्योग बाणिज्य संघ का शेलेन्द्र कुमार श्रेष्ठ, जीवन श्रेष्ठ, तेज बहादुर प्याकुरेल लगायतलाई हामी साइकलमा त्रीशुली आउनलागेको बताएको थिएँ । बट्टार पुगेपछि अविर टिका खादा लगाएर स्वागत तथा सम्मान गर्नुभयो । स्वागत सम्मानले साइकल यात्रीहरु अवाक भए । बट्टरको दरबार होटलमा खाना खायौं । संघका पदाधिकारीसंग गफ गाफ ग¥्यौ ।
गोरु जुधाई शुरु भइसकेको थियो । आराम गर्ने फुर्सद थिएन । बेत्रावती हान्नीयौं। मेला भर्न इत्रीदै हिंडेका जोडीले साइकलेलाई जोस्यायो की कसो निक्कै कुदाए । बेत्रावती नजिकीयौं । साँघुरो सडक । आउने जाने सवारी साधन र मान्छेको लर्कनले बाटो मा पाइलो सार्ने ठाँउ थिएन ।
ऋतु ग्यामदान, महिला राफ्टर,उपेन्द्र बुढाथोकी,साइकलेको प्रतिक्षामा थिए । कार्यक्रम स्थलमा साइकलेहरु पुगे पछि आयोजकका तर्फबाट स्वागत तथा सम्मान गर्दै मञ्चमा आसिन गराए । साइकले खुशीले गद् गद् भए ।
अन्तिम हल गोरु जुधाइशुरु भयो । बुङ्ग बुङ्गती धुलो उडाएर जुधे ।जित हारको फैसला भयो । दुवैले नगद पुरस्कार र बाटो खर्च पाए । बाल्यकाल सम्झिएं । टोल टोलमा साँढे, भाले भिडन्त भई रहन्थे ।दुईटा साँढे देखे पछि ड््याररर्र.... ड््याररर्र... भन्दै साँढे जुधाउथ्यौ । फ्वाँ फ्वाँगर्दै ठूला ठूला आँखा, लाल लाल बनाएर घोसे मुन्टो लगाउदै घमासान लड्थे । अहिले नौलो हुन थाले । बिद्युतीय मनोरञ्जनका साधनले विस्थापित ग¥यो ।
भिडमा मुश्किले अमृतजीसंग भेट भयो । केहिबेर रमाइला अनुभव साट्दै चिया पानग¥्यौ ।
बेत्राबतीमा खाने बस्ने व्यावस्था छ ।बास बस्न ढुगें फर्कीयौ । बाटो छोट्ट्याउनु थियो । डुब्नै लागेको घाम,नदि, पहाडको संयोजन । क्या अलौकिकदृष्य । फोटो खिच्न मस्तभयौं ।
लोड सेडिङ्ग मुक्त त्रीशुली । राजधानी बासीले अचम्म माने । खाना खाएर बजार घुमे । जीन्दगीका खण्डहर सपनाका पोका पन्तराहरु छातीमा गाँठो पारेर हिंडेका रहेछन् सुवर्ण । सहयात्री साइकले सँग बिहान देखि बेलुकी सम्म फुकाई रहे । मन अलि हलुका पारे । छाती भरी पालेको गाँठो साइकले सहयात्री संग बिसाए । जीन्दगी भर साथ दिने झुठो बाचा गरेकी जीवन संगीनीले दुई बर्षकी छोरी सहित अलग्गीएको बिरहि कथा बाटोभरी सुनाए । सहयात्री साइकलेका सहानुभुतीले घाउ पुरीन अलि मद्दत ग¥्यो उनलाई ।
दोस्रो दिन, झिसमिसेमै नुवाकोट दरवार पुग्यौं चरा अवलोकन गर्दै । हिरेनले चरा चिनाए । कत्ती राम्रा चराहरु । हिरेन र म चराका बासस्थान लोप हुदै गएको कुरामा गम्भिर भयौं ।
नौ किल्लाहरु कालिकोट, धुवाँ कोट, धैवुङ्ग कोट, प्यास कोट, भैरव कोट, मालाकोट, सिमल कोट, सल्यान कोट र वेलकोट को साझा केन्द्र । 'नवक्वाठ' बाट नवकोठ हुदै नुवाकोट भएछ । मद्यकालिन नेपालको सामरिक महत्व बोकेको ठाँउ । भृकुटिको घर माइती गर्ने मूल बाटो । ९६१ मी. उचाइमा अवस्थित नुवाकोट दरवार जाडो गर्मी दुवै मौसमको लगि अनुकुल । आरामदायि वातावरण । औधि रमाइलो । दरवार क्षेत्र र वरपरबाट सुर्योदय र सूर्यास्तको निक्कै राम्रो देखिन्छ । फोटो खिच्न भने केहि मिनेटले चुक्यौं । त्रीशुली बजार भने हुस्सुले टम्मै ढाकेको थियो ।
मूल बाटो छोडेर सिंढि उक्लिदै भैरवी मन्दिर पुग्यौं । भैरवी र जलपादेवीको महिमा शैलेन्द्र दाइले सुनाउनु भएको थियो । बैशाख पूर्णिमाका दिन यहाँ सिन्दूर जात्रा लाग्छ । भेगकै ठूलो जात्रा । भैरवीको रथ सहित धामी धामीनी, गणेश, कुमार देवीघाट लगिन्छ । भोग चढाइन्छ । भैरवी दर्शन गरे मनोकामना पुरा हुने । गाईको दुधमा पकाएको खिर चढाएर बच्चालाई खुवाए चाढो बोल्ने आदि इत्यादि । हामीले पनि दर्शन ग¥्यौं । मैले बरदान मागें 'माता ! अर्को जन्ममा पनि गोर्खाली भएरै जन्मन पाउँ ।'
सहयात्री भावुक भए । नवराज भाइले गला अबरुद्ध पार्दै भने 'बरदानले मेरोदिल छोयो दाई । अर्कौ जन्ममा पनि गोर्खाली नै ।'
मद्यकालीन नेपालको कलाकृतिले धनी छ नुवाकोट दरवार क्षेत्र । काष्ठ कला हेर्दै अगाडि बढ्यौं । रोक्किदै फोटो खिच्दै, गफ गर्दे अगाडि बढ्यौं । सात तले दरवारको पूर्व तर्फ रंग महल छ । हामी बीचमा उभियौं । हिरेनले इतिहाँस सम्झाए । गर्वले छाती ढक्क फुल्यो । होइन दाई एक थरी 'नेपाल एकिकरण', 'पृथ्वी नारायण शाह'सुन्न रुचाउदैनन् । नाना भाँती गाली गर्छन् । त्यो बेला टुक्रा टुक्रा राज्य एकै नभएको भए अहिले हामी नेपाली भन्न पाइन्थ्यो कि पाइदैनथ्यो ।'
उनले ठिकै भने । उति बेला स साना राज्य माथि बेला बेलामा अंग्रेज र मुगल सम्राटले हमला गरेको इतिहासमा सबैलाई थाहा होला । वैचारिक स्वतन्त्रता छ । मन परेको, नपरेको कुरा राख्न पाइन्छ । तर कोहि कोहि विरोधै जनाएर चर्चामा आउन रुचाउछन् । भद्धा गाली गर्छन् । हामी लोकतन्त्र अभ्यास गर्दै छौं', यति भनेर कुरा टुंग्यायौं ।
सात तले दरवार टेकाको भरमा अडेको छ । अन्य संरचना पनि पुन निर्माणकै पर्खाइमा रहेछ । नुवाकोटमै इन्द्रचोक हे¥्यौ । टुडिखेल घुमेर पुनः त्रीशुली लाग्यौं । निक्कै अलमल भयो । अबको गन्तब्य गल्छि हुदै काठमाडौं ।
साइकल चढ्न तयार बनाएर निस्कियौं । पुनः बट्टार गंगटे हुदै हामी देवीघाट लाग्यौं । त्रीशुली देवीघाट जम्मा १० किमि । तादि र त्रीशुलीको संगम । पृथ्वी नारायण शाहको अन्त्येष्टि गरिएको ठाँउ । नदि किनार बाटै श्रद्धा शुमन अर्पण ग¥्यौ । त्रीशुली किनारै किनार प्रकृतीको मनोरम दृष्यमा डुबुल्की मार्दै १५ कि.मी छिचोलेर गल्छि पुग्यौं ।
नाकाबन्दिले थलिएको राजमार्ग । सवारी साधन निक्कै पातलो थियो । मन्द उकालो शुरु भयो । हिउँदका छोटा दिन घर्कन लागे । धार्केबाट भिमढुंङ्गा निस्कने योजना फेरीयो । पाउदान मार्दै नौबिसे पुगीयो । केहि साथीि धेरै थाकेकाले गाडिमा थानकोट पठायौं ।
एक जोडि बिदेशी साइकले भेटिए । भोक, प्यास, थकान, डर र अनिश्चितताले व्याकुल । प्रष्ट अंग्रेजी नबोल्ने । दुई जना चढ्ने टेण्डम साइकल । हामीले धेरै गाडिलाई उद्धार गरिदिन अनुरोध ग¥्यौ । मानेनन् । साइकल बिग्रिएको छ । उसलाई सन्चो भएन । काठमाण्डौ कति टाढा छ ?" विह्वल हुदै विलौना गरे । प्रहरीको सहयोगमा गाडि रोक्यौ । कलंकी आइपुग्दा निक्कै अँधेरो भइसकेको थियो ।
राजधानी पनि यस्तो अन्धकार ? अचम्म ! विश्वास लागेन । नवराज भाइले सम्झाए । छुट्टिने बेला कसैलाई फोन गरिदिन भने । कुराकानी पछि ल्याइदिन अनुरोध गरे । काठमाडौंका निश्पट्ट अधेरो गल्लि छिचोल्दै दरवार मार्ग हुदै गयांै । सम्पर्क व्यक्ती थिए विश्व साइकल यात्री पुस्कर शाह । भलाकुसारी पछि थाकेका साइकलेलाई वाइन खुवाए । गितार निकाले । 'पानी मुनि ढुंगामा लेउ लाग्यो...' गाए ।
हामीले साथ दियौं । बल्ल या भारा र मिना इरानी पर्यटक मुस्कुराए । दुई तीन वटा गाना सुनेर हामी छुट्टीयौं । दुइ दिने यात्रा सकीयो ।
छुट्टिने बेला सबैले साधे, 'यात्रा अविस्मरणीय भयो । जीवनमा उर्जा थपियो । लामो दूरीको पहिलो यात्राले आत्मा विश्वास बढायो । धेरै देखियो, सिकियो, जानियो । जीवनमा कथा थपियो । फेरी कहाँ जाने दाई ?'
प्रकाशित: २८ फाल्गुन २०७२ १९:४६ शुक्रबार





