लागूऔषध सेवन गर्ने युवाको संख्या बढीरहेका बेला प्रहरीले विशेष टोली गठन गरी लागु औषध ओसार–पसार गर्ने व्यक्ति वा समूहमाथि निगरानी गर्ने क्रममा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले बताए। मेहता र शर्माले तरकारी बेच्ने वाहानामा बोरा भित्र भाण्टा राखेर बीचमा लागुऔषध राखेर इनरुवा वडा नं. ६ को गुद्री बजारबाट ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेका साथबाट कोरेक्स १११ बोतल, स्पामोप्रोक्सीविन २२ पत्ता नाईट्रोसन ३७ पत्ता बरामद गरिएको जानकारी दिइयो।
लागूऔषध सेवन गर्ने युवाको संख्या बढ्दो भएकाले यसको व्यापार पनि मौलाइरहदा तरकारी भनेर नयाँ उपाय रचेर कारोबार गर्न लगेको सुनसरीमा पहिलोपटक भएको प्रहरीले जनाएको छ।
'लागूऔषधको व्यापार मौलाइरहँदा कारोबारीमा संलग्नले अनेक उपाय रच्नु त स्वाभाविक नै हो तर तरकारीको बीचमा राखेर पक्राउ गरिएको सुनसरीमा पहिलोपटक हो,' डिएसपी घिमिरेले भने।
प्रकाशित: २३ फाल्गुन २०७२ ०५:४० आइतबार





