केन्द्रीय अनुसन्धान व्युरो , इलाका प्रहरी कार्यालय बर्दिवास र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले महतोलाई आईतबार पक्राउ गरेको एसपी जनक भट्टराईले बताए।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले लोकशेन ट्रेस गरेपछि इप्रका वर्दिवास र जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले बर्दिवास –२ स्थित महतोको घरमा र सितापुर भंगहा ९ मा छापामार्दा कलवाइपास गर्ने सामग्रीहरु बरामद भएको एसपी भटराईले बताए।
महतोलाई कलवाइपास गर्दा प्रयोग हुने १६ पोर्ट भिओआईपी मेसिन १ थान , टिपिलिंक राउटर २ थान , ल्यापटप कम्प्युटर १ थान , भिओआईपीमा प्रयोग गर्ने ८ पोर्ट सिम स्लोट २ थान , नेपाल टेलिकमको सिम १६ थान , स्मार्टसेलको १३ थान सिम , कालो रंगको वायर सहितको ऐन्टेना १० थान , स्टेवलाईजर १ थान , ईन्भटर एक थान , टुवलर ब्याट्री एक थान र सुकाम डिजिटल होम यु.पी.एस एक थान सहित सार्वजनिक गरिएको हो ।
बरामद भएको सामग्री आवश्यक अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पठाईने र पक्राउ परेका महतोलाई दुर संचार ऐन २०५३ वमोजिम कारावही प्रक्रिया अगाडी बढाइएको एसपी भट्टराईले बताए।
प्रकाशित: २३ फाल्गुन २०७२ ०४:५५ आइतबार





