५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

नगरभित्र मोटरसाइकल चोरको बिगविगी

कोहलपुर– कोहलपुर र नेपालगन्ज नगरपालिकाभित्र श्रृखंलारुपमा मोटरसाइकल चोरीका घटना बढेपछि प्रहरीलाई चोर पक्राउमा चुनौती थपिएको छ।

 

जिल्ला प्रहरी कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय कोहलपुरमा हप्तैपिच्छे जस्तै मोटरसाइकलचोरीका निवेदन आउने गरेका छन्। नगरबासीका मोटरसाइकल चोरी भइरहने र चोरहरु पक्राउ नपर्दा प्रहरीको टाउँको दुखाई बनेको छ ।

फागुन महिनाको अवधिमा मात्र जिल्ला प्रहरीमा छ वटा मोटरसाइकलचोरीका घटना आएका छन् । प्रहरीका अनुसार फागुन १२ गते नेपालगन्ज–१५ बाट विनी टण्डनको भे.५ प. ७६४५ नम्बरको स्कुटी चोरी भएको निवेदन आएको छ। यस्तै फागुन १३ गते कर्णाली डेभेलपमेन्ट बैंक लिमिटेडको भे.४प.८३७४ को मोटरसाईकल, नेपालगंज–५ का विपेन्द्र लामाको भे ४ प ३४७८ मोटरसाइकलचोरी भएको निवेदन परेको छ। यस्तै नेपालगन्ज–१३ का सन्ध्या सिंहको भे.५प.६०३० स्कुटी र नेपालगंज–५ का श्रीसकुमार शर्माको भे.३.प.४८५ मोटरसाइकलचोरी भएको निवेदन आएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले नगरभित्र मोटरसाइकलचोरीका घटनासहितका उजूरी आउने क्रम बढेको बताए। उनले चोरीका निवदेन आउने क्रमबढेसंगै प्रहरी सक्रियतामा चोरीमा संग्लन व्यक्ति पक्राउ पनि भैईरहेको भने। प्रहरीले फागुन महिनामा मात्र मोटरसाइकलचोरी गरि पाटपूर्जा निकाली विक्रिवितरण गर्ने नेपालगन्ज–१२ का प्रथम सहानीलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालगंज नगरभित्र मोटरसाइकलतथा स्कुटी चोरीमा संलग्न व्यक्तिहरुको पहिचान गर्दै जाने क्रममा नेपालगंज–३ का अरुण शर्मा पक्राउ परेको डिएसपी बोगटीले जानकारी दिए । उनको साथबाट चोरीको मोटरसाइकलदुई र स्कुटी एउँटा नियन्त्रणमा लिई मोटरसाइकलधनीलाई फिर्ता गरिएको उनले भने।

जिल्ला प्रहरी कार्यालयमा चालू आर्थिक बर्षमा मोटरसाइकलचोरीका निवेदन १४ वटा आएको प्रहरीले जनायो । यस्तै जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा पनि मोटरसाइकलचोरीका घटना बढिरहेका छन् । चालू आर्थिक बर्षको सात महिनाको अवधिमा मात्र नौँ वटा चोरीका निवेदन आएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीवबहादुर बस्नेतले फागुन महिनामा मोटरसाइकललगायत अन्य चोरीमा संग्लन १२ जना पक्राउ परेको बताए । फागुन १० गते प्रहरीले चोरीमा संग्लन कोहलपुर–१० का भिम खत्रीसहित तीन जना पक्राउ गरेको छ । यस्तै चोरीमा संग्लन कोहलपुर–१० का यज्ञराज सेजवाल पक्राउ परेका छन् । चोरीका निवेदन आउन थालेपछि अनुसन्धान तीव्र पारेपछि चोरीमा संग्लन आठ बालकलाई पक्राउ गरिएको डिएसपी बस्नेतले भने । चोरीमा संग्लन भएको पुष्टिको आधारमा नगरभित्रैका विद्यालयमा अध्ययन गर्ने १३ र १४ बर्ष उमेरका आठ बालक पक्राउपछि आफन्तको जिम्मा लगाएको उनले भने ।

नगरभित्र मोटरसाईकलदेखि मोबाईल पसल, कम्प्युटर पसल, पुस्तक, कपडा र किराना पसलमा चोरीका भएका घटना प्रहरीमा अत्याधिक आउने गरेका छन् । नगरबासी र व्यवसायी चोरीका घटना बढिरहेपनि प्रहरीले चोरीमा संग्लन पक्राउ गर्न नसकेको गुनासो गर्दै आएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७२ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App