ताप्लेजुङ—ताप्लेजुङको नाङ्खोल्याङमा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ। नाङ्खोल्याङ–४ का सलबहादुर लिम्बुको घर छेउमा कुकुरले तानेर ल्याएको अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ।प्रहरीकाअनुसार पेटदेखि माथिको भाग नभएको उक्त शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ । शव मङ्गलबार दिउँसो भेटिएको हो।
अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस
प्रकाशित: ५ फाल्गुन २०७२ ०२:०६ बुधबार