६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

रागिनीलाई पुत्रीशोक

काठमाडौं- कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायलाई पुत्रीशोक परेको छ। रागिनीकी एकमात्र सन्तान शिवता उपाध्याय ग्रेलाको २१ वर्षको उमेरमा शुक्रबार नेदरल्यान्डको युट्रेक्ट अस्पतालमा निधन भएको हो।


केही समयदेखि मस्तिष्कसम्बन्धी समस्याका कारण औषधि सेवन गर्दै आएकी शिवताको मृत्युको खास कारण अझै खुल्न नसकेको उनका बेल्जियन पिता अल्बर्ट ग्रेलाले फेसबुकमार्फत् जनाएका छन्।

छोरीको निधनको खबर सुनेपछि ललितकला प्रतिष्ठानका विभिन्न कार्यक्रममा आफ्नो सहभागिता रद्द गर्दै शनिबार रागिनी नेदरल्यान्ड प्रस्थान गरेकी छन्। रागिनी, शिवता र अल्बर्टका फेसबुक वालमा साथीभाइ र कलाकारहरुले समवेदनाका सन्देशहरु व्यक्त गरेका छन्।

सन् १९९५ अप्रिल २२ मा जन्मेकी शिवता नेदरल्यान्डमै केही वर्षदेखि अध्ययनरत थिइन्। उनी नेपाल आउँदा आमा रागिनीका कलात्मक गतिविधिमा सक्रियताका साथ सहभागिता जनाउने गर्थिन्।

प्रकाशित: २४ माघ २०७२ २१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App