१४ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

बलात्कार घटना मिलापत्र गर्ने पक्राउ

गोरखा-बलात्कारको आरोपमा गोरखाको छोप्राक गाविस वडा नम्बर ६ का ६५ वर्षिय जुठे नेपालीलाई प्रहरीले मंगलवार गिरफ्तार गरेको छ। माघ १४ गते घरमा सुतिरहेकी बोल्न र हिँडडुल गर्न नसक्ने १४ वर्षिय बालिकालाई नेपालीले बरात्कार गरेको पीडित परिवारले जनाएको छ।स्थानीयको दवाबमा पीडित परिवारले एक लाख रुपैयाँ लिएर घटना गाउँमै मिलाएको खुलेपछि प्रहरीले संलग्नलाई अनुसन्धनका लागि पक्राउ गरेका डिएसपी बसन्त रजौरेले बताए । मिलापत्र गर्न उक्साउने र संलग्नहरुलाई पनि अनुसन्धन गरी कारवाहीको दायरामा ल्याउने तयारी प्रहरीले गरिरहेको जनाएको छ ।

'बलात्कार जस्तो जघन्य अपराधमा आर्थिक लेनदेनले मिलापत्र गर्नु अपराध हो' डिएसपी रजौरेले भने 'कानुनी कारवाहीको दायरामा ल्याउँछौँ ।' एक स्थानीयले बलात्कारको घटना पैसामा मिलाएको खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो । एक लाख रुपैयाँ पीडितले पीडकलाई दिने कागज गराएर केही स्थानीयको रोहवरमा मिलापत्र भएको खुलेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो सँगै बितेको दुई महिन भित्र गोरखामा छ वटा बलात्कारका घटना भएका छन् । यी मध्ये पीडित तीनवटा शारीरिक रुपमा अशक्त र तीनजना बालवालिका रहेका छन् ।

प्रकाशित: १९ माघ २०७२ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App