महाशाखाले २ सय ५८ गीता र २७ वटा साल्ट ट्रेडिङ कम्पनिको ग्यास सिलिन्डर सहित सशस्त्र पूर्व निरीक्षक राजेश भारतीलाई कपनबाट पक्राउ गरेको हो। महाशाखा प्रमुख सर्वेन्द्र खनालले ग्यासको सिल तोडेर बजारमुल्य भन्दा बढी रुपैंया लिएर ग्यासको कालोबजारी गरेको आरोपमा भारतीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले कालोबजारीको आरोपमा र यशोदा बजगाईलाई समेत पक्राउ गरेको छ।
एसएसपी खनालका अनुसार उनले आधा भरिएको सिलिन्डर १ हजारदेखी १५ सय रुपैंयासम्म लिएर विक्रि गर्ने गरेको खुलेपछी पक्राउ गरिएको हो। कपनको आकाशे धारा स्थित राजेश भारतीले संचालन गरेको रारा इन्टरप्राइजेज पसलवाट एसटीसीको २७ वटा र २५८ वटा गीताको सिलिन्डर फेला परेको महाशाखाले जानकारी दिएको छ।
कंलकीमा रहेको गोर्खा मनकामना फलफुल तथा कृषि बजारको उग्रचण्डी स्टोरबाट प्रहरीले ५० लिटर ,पेट्रोल ३ सय २० लिटर र मट्टितेल १ सय २५ लिटर समेत बरामद गरेको छ।
प्रकाशित: १८ माघ २०७२ ०६:१५ सोमबार





