४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

सात वर्षीय बालिका बलात्कृत

म्याग्दी- म्याग्दीको कुहूँ–१ मा सात वर्षीय एक बालिका बलात्कृत भएकी छन्। यही माघ १२ गते साँझ घरमा आमा नभएको समयमा एक्लै रहेकी बालिकामाथि पात्लेखेत–७ घर भएका करिब ३५ वर्षीय विक थरका युवाले जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ।


बाबियाचौर–१ ससुरालीमा बस्दै आएका ती युवा बालिकामाथि जबर्जस्ती करणी गरेपश्चात् सोही दिनदेखि नै फरार रहेकाले निजको खोजतलाससहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी पीडित बालिकाको स्वास्थ्य कार्यालयमा लगी स्वास्थ्य परीक्षण गरेको जनाएको छ। रासस

प्रकाशित: १५ माघ २०७२ ००:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App