४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

कोइला बोकेको ट्रकबाट लागुऔषधसहित चार पक्राउ

विराटनगर– सिरहाको गोलबजारमा बिहीवार प्रहरीले चेकजाँचका क्रममा कोइला बोकेको ट्रकबाट लागुऔषध बरामद गरेको छ।
lagu222.jpg

कोइला बोकेर पश्चिमतर्फ जाँदै गरेको ना.५.ख.६००८ नम्बरको ट्रकमा सवार व्यक्तिहरुको साथबाट लागुऔषध बरामद भएपछि ट्रकका चालकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
trk111.jpg
पक्राउ पर्नेमा हेटौंडा–७ बस्ने वर्ष २३ को ट्रक चालक भेषबहादुर खड्का, सोही ठाउँ बस्ने वर्ष २३ को बिजय थिङ, जिल्ला बारा निजगढ–९ बस्ने वर्ष २० को सह–चालक बिकास लामा र वर्ष २३ को मिलन तामाङ छन्। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्वबाट कोइला लिएर जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ट्रकभित्र लुकाइएको अवस्थामा अवस्थामा एकग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर, आठ वटा स्पास्मोप्रोक्सिवन क्याप्सुल र १ सय ५० एम्पुल लुपिजेसिक, फेनारगन र डाइजेपाम नामक इन्जेक्सन बरामद भएको थियो। बरामद लागुऔषधसहित ट्रक र चारैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।

प्रकाशित: १४ माघ २०७२ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App