६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

लिटरेचर फेस्टिभलमा नयाँ शक्ति बहस हुने

काठमाडौं– विगतमा काठमाडौंमा हुँदै आएको 'नेपाल लिटरेचर फेस्टिभल'को पाँचौं संस्करण पोखरामा माघ १५ देखि हुने भएको छ। पोखराको पार्दीस्थित नेपाल टुरिजम बोर्डमा हुन लागेको फेस्टिभल चार दिन अर्थात् माघ १८ सम्म चल्नेछ।आयोजक संस्था बुकवर्म फाउन्डेसनका अजित बरालले पर्यटकीय नगरीलाई सांस्कृतिक रुपले पनि सुन्दर बनाउन नेपाल लिटरेचर फेस्टिभललाई पोखरामा लगिएको बताए। 'पोखरालाई सांस्कृतिक सहर बनाउनुपर्छ भनेर भइरहेका प्रयासलाई उर्जा दिन, भूकम्प र मधेस आन्दोलनले थला परेको नेपाली पर्यटन उद्योगलाई साहित्यिक पर्यटनमार्फत् अलिकति भए पनि उकास्न महोत्सवले सहयोग गर्ने आशा राखेको छु,' बरालले थपे ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा कवि तीर्थ श्रेष्ठले पोखराको साहित्यिक गतिविधिलाई यो महोत्सवले प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे । फेस्टिभलको सहआयोजक ¥यान्डम रिडसर्् सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले यो फेस्टिभल पोखरावासीका लागि पनि गर्वको विषय भएको बताए ।

कार्यक्रममा भारतका दुई लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजनीतिज्ञहरुले ३० वटा विषयमा छलफल गर्नेछन् । चालिस वर्षभन्दा बढी नेपालमा बसेका लेखक तथा बेलायती आर्मीका पूर्व कर्नेल जेपी क्रसले उद्घाटन गर्ने फेस्टिभलमा भूगोलविद् पिताम्बर शर्माले प्रमुख मन्तव्य दिनेछन्।

उद्घाटनसत्र लगत्तै 'नयाँ शक्ति'माथि बाबुराम भट्टराई, योगेश भट्टराई र सुधीर शर्माबीच नयाँ शक्तिमाथि बहस हुनेछ भने भारतीय लेखिका इरा त्रिवेदी तथा उदय प्रकाशसँग साहित्यकाबारे संवाद हुनेछ। राजेश हमाल र दयाहाङ राई, रेखा थापा, गौरी मल्ल, रवीन्द्र मिश्र, स्वर्णिम वाग्ले, रवीन्द्र अधिकार, लीलामणि पौडेल, शारदा शर्मा, सरुभक्त, तीर्थ श्रेष्ठ, कर्ण दास, विवेक श्रेष्ठ, रवि थापा, प्रणय राणा, नारायण वाग्ले, बुद्धिसागर, सुविन भट्टराई, नयनराज पाण्डे, सरस्वती प्रतिक्षा, अनुप बराल, प्रशान्त झा, आहुती, मनु मञ्जिल, श्रवण मकारुङलगायत व्यक्तिहरुले साहित्य, कला, संगीतका विषयमा छलफल गर्ने छन्।

नेपाली हिरो, नेपाल कसरी बनाउने, संविधान र पहिचान, नेतृत्वमा संकट, मिडियामा मधेश, दोस्रो पुस्तकको सकस, इन्डिया इन लभ, सीमान्त स्वरहरु लगायतका विषयमा छलफल हुनेछन्।

प्रकाशित: ११ माघ २०७२ २१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App