रौतहट- नेपाल आयल निगमको ट्यांकरबाट शिल फोडेर पेट्रोल बिक्री गरिरहेका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्व-पश्चिम राजमार्गको पौराईमा पेट्रोल बिक्री गरिरहेको सहचालक र निगमको ट्यांकर प्रहरीले नियन्त्रणमा लिएको हो।भारतको बरौनीस्थित इन्डियन आयल डिपोबाट पेट्रोल भरेर बिराटनगर नाकाबाट ट्यांकर नेपाल प्रवेश गरेको थियो। ट्यांकरले बाटोमा रोकेर तेल बिक्री गरिरहेको स्थानीले प्रहरीलाई खबर गरेको थियो। प्रहरी पुग्दा तेल खरिदकर्ता र चालक फरार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
'खरिदकर्ता र बिक्रीकर्ता दवैजना प्रहरी टोली देख्नेवितिकै भागे,' इप्रका चन्द्रपुरका डीएसपी मनोज यादवले भने, 'ट्यांकर र सहचालकलाई नियन्त्रणमा लिएका छौं।' ट्यांकर चालक तपेश्वर पटेल फरार छन्।
प्रकाशित: ९ पुस २०७२ २२:५७ बिहीबार