१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

बक्सिङको साग छनोट जारी

काठमाडौं- नेपाल आर्मी क्लब 'ए' का दानबहादुर दर्लामी, नक्साल 'ए' का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब 'ए' का पुरन राई र नेपाल प्रहरी क्लब 'ए' का भूपेन्द्र थापा भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङ छनोटमा आइतबार सेमिफाइनल पुगेका छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको पुरुष ६० केजीमा दानबहादुरले नक्साल 'बी' का युवराज कार्की, किशोरले ललितपुर 'बी' का दीपेश शर्मा, पुरनले ललितपुर 'ए' का समिर गुरुङ तथा भूपेन्द्रले आर्मी 'बी' का नेरेश देवानलाई पराजित गरे।

पुरुष ४९ केजीमा नक्साल 'बी' का मदनकृष्ण डंगोलले रोल्पाका चन्द्रबहादुर थापा, बाजुराका गणेश बोहराले एपीएफ 'बी' का आश तामाङ तथा नक्साल 'ए' सुशील थापाले ललितपुर 'ए' का तेजु पुन मगरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए। ५२ केजीमा आर्मी 'ए' का प्रेम चौधरीले एपीएफ 'ए' का विक्रम परियार, सुनसरीका सुलभराज तुलाधरले प्रहरी 'ए' का रुद्र हमाल, नक्साल 'ए' शक्ति लामाले नक्साल 'बी' का गणेश थापा तथा आर्मी 'बी' का सुवास विकले रोल्पाका हरिबहादुर सुनारलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५६ केजीमा एपीएफ 'ए' का दिनेश चन्दले नक्साल 'बी' का प्रज्ज्वन पराजुली तथा आर्मी 'बी' का विमल रोका मगरले नक्साल 'ए' का सुदीप लामालाई पन्छाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। ६४ केजीमा आर्मी 'ए' का दीपक श्रेष्ठले प्रहरी 'ए' का सुमन लामा, रुपन्देहीका यादव थापाले रोल्पाका विपिन रोका मगर, नक्साल 'ए' का निवास तण्डुकारले ललितपुर 'ए' का अनुज भण्डारी तथा आर्मी 'बी' का सुरेश नेपालीले एपीएफ 'ए' सुमन लामालाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरे।

पुरुष ६९ केजीमा आर्मी 'ए' का विष्णुप्रसाद घलेले आर्मी 'बी' का सन्दिप बेन्जो तथा ७५ केजीमा आर्मी 'ए' का दीपेश लामाले एपीएफ 'बी' का अमर विष्टलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाए।

संरक्षक र श्रीरामको अपराजित यात्रा कायम

संरक्षकभुषण बज्राचार्य र श्रीराम मगरले भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) को लन टेनिस छनोट प्रतियोगितामा आइतबार पनि अपराजित यात्रा कायम राखेका छन्।

आइतबारको स्पर्धामा संक्षरणले दावा शेर्पाबाट वाकओभर पाए भने श्रीराम मगरले महेश श्रेष्ठलाई ६–२, ६–१ को सोझो सेटमा पारजित गरे। छनोट प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा अभिशेक वास्तोला, श्रीयान्स कार्की र शक्ति शर्माले विजय हासिल गरे। अभिशेकले आत्माराम कार्कीमाथि ६–०, ६–० को सहज जित हासिल गर्दा श्रीयान्सले तीन सेटसम्म संघर्ष गर्दै प्रणव अनालमाथि ७–५, ६–७, ६–३ को नतिजा निकाले। यसैगरी शक्तिले सक्षम कार्कीलाई ६–२, ६–१ को सोझो सेटमा निराश पारे।

भारोत्तोलन छनोट सोमबारबाट

सागका लागि खेलाडी छान्न नेपाल भारोत्तोलन संघले सोमबारबाट छनोट प्रतियोगिता आयोजना गर्न लागेको छ।

भारतमा फेब्रुअरीमा हुने दक्षिण एसियाली खेलकुदको १२ औं संस्करणका लागि भारोत्तोलनमा पुरुषतर्फ ८ र महिलामा ७ गरी १५ इभेन्ट्समा खेलाडी छनोट गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ। दुई दिनसम्म चल्ने प्रतियोगिताका सबै तौलसमुहमा पहिलो स्थान हासिल गर्ने खेलाडीले सागमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रकाशित: २७ मंसिर २०७२ २२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App