काठमाडौं— एभरेष्ट र सुगम कम्पनीका २२ सिलिन्डर ग्यास कोठामा लुकाएर राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट चारघरे–४ घर भएका राजकुमार भट्टलाई छन्।काठमाडौं महानगरपालिका–३४ नयाँबानेश्वर बलभद्र मार्गमा राजु एण्ड दाजु ग्याँस स्टोर सञ्चालन गर्दै आएका उनको कोठामा छापा मार्दा ग्यास सिलिन्डर लुकाएको अवस्थामा प्रहरी र वाणिज्य विभागको संयुक्त टोलीले फेला पारेको हो।
भट्टले डेरामा विभिन्न ग्यास लुकाई राखेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बानेश्वर र बाणिज्य विभागको संयुक्त टोलीले बिहिबार छापा मारेको थियो। त्यस क्रममा २१ थान सुगम कम्पनीका आधा सिलिन्डर ग्यास र एटा एभरेष्ट कम्पनीको ग्यास भरिएको सिलिन्डर फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ मंसिर २०७२ ०१:१२ शुक्रबार